
स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ले एनएफडीसी राष्ट्रिय फिल्म पुरस्कारमा सहभागी नहुने बताएको छ । निर्माता चन्द्र शर्माले विज्ञप्ती जारी गरेरै आयोजकसँग सहमती गरेर अवार्डबाट बाहिरिएको बताएका हुन् ।

अभिनेता भूवन केसीले पोखराको पिसफुल होटलमा ५ लाख बराबरको बिल नतिरको भन्ने समाचारको खण्डन गरेका छन् । उनले यस्ता समाचार झुटा र कपोलकल्पित भएको बताए ।
भूवनले आफू विदेश नगइ नेपाली फिल्मकै सेवामा लागेको बताए । तर, यस्तो समाचारले आफूमा निराशा बढेको र यसले राम्रो फिल्म बनाउन पनि असर गर्ने बताए ।

भूकम्पपछि विभिन्न देशमा पीडितहरुका लागि भन्दै च्यारेटी कार्यक्रम भैरहेका छन् । जसका कारण नेपाली कलाकारको व्यस्तता बढेको छ । ‘नेपाल निड आवर सपोर्ट’ भन्ने मुल नाराका साथ आइतबारबाट यूरोपका विभिन्न देशमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन अभिनेत्री अशिष्मा नकर्मी पनि युरोप जान लागेकी छिन् ।

पाकिस्तानी जेलमा मृत्यु भएका भारतीय कैदी सरबजितको बायोपिकमाथि फिल्म बन्दैछ । यो फिल्ममा अभिनेत्री ऐश्वर्या राय बच्चन सरबजितको बहिनीको रुपमा देखिदैछिन् । उनको फिल्ममा दलबिर कौर सिंह नाम हुन्छ । ऐश्वर्याले यो फिल्ममा संझौता गरेपछि मुख्य भूमिकामा देखिने पात्रको बारेमा खुबै चर्चा भएको थियो ।

पैसा नतिरेका कारण होटलले सामान जफत गरेको भन्ने समाचारको होटल आफैंले खण्डन गरेको छ । होटलले प्रेस विज्ञप्ती जारी गर्दै समाचारमा आएका कुरा भ्रामक र कपोलकल्पित भएको बताएको छ । भुवन केसीको निर्देशन रहेको ड्रिम्स जेठको दोस्रो सातादेखि पोखरामा सुटिङ गरिरहेको थियो ।

अभिनेता जीवन लुइटेलले अमेरिकाबाट फर्किएर एउटा फिल्ममा काम गरे । फिल्मको नाम थियो, बाजिगर । बाजिगर बलिउडका अभिनेता साहरुख खान अभिनित चर्चित फिल्म हो । हुनत, कथावस्तुका हिसाबले हिन्दी र नेपाली बाजिगरमा फरक होला । तर, नक्कल गर्ने कुरामा त नेपाली फिल्मका निर्माताले नाम पनि छाड्दैनन् ।

