मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

फेरि फर्किए काजी र मैया : आयो ‘कबड्डी कबड्डी’ टिजर

फिल्मीखबर, काठमाडौं, 2015/08/31

‘कबड्डी’का काजी र मैया फेरि फर्किएका छन् । ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’मा काजी र मैंयाको नोक झोक फर्किएको हो । सोमबार पोस्टर तथा टिजर सार्वजनिक गर्दै निर्माण समूहले फिल्मको भिडियो लुक बाहिर ल्याएको हो । सार्वजनिक टिजरमा काजी बनेका दयाहाङ र मैंया बनेकी रिश्मा गुरुङको फुटेजले प्राथमिकता पाएको छ ।

 

फिल्ममा सौगात मल्ल पनि महत्वपूर्ण भूमिकामा छन् । टिजरमा भने उनको भूमिका रहस्यमय बनाउने प्रयास गरिएको छ । रामबाबु गुरुङले निर्देशन गरेको रोमान्टिक कमेडी ‘कबड्डी कबड्डी’ मा यो पटक मायासँगै राजनीतिक दाउपेच पनि थपिएको छ ।  फिल्मलाई निर्देशक गुरुङ र कवि उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेका हुन् । २५ दिने फिल्मको सुटिङ राजधानी र मुस्ताङमा गरिएको थियो । फिल्म सिनेमा आर्ट नेपालले  फिल्म निर्माण गरेको हो ।

 


फिल्ममा सौगात मल्ल सहित दयाहाङ राई, रिश्मा गुरुङ, निश्चल बस्नेत, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की र जुनु बिष्ट लगायतले अभिनय गरेका छन् । फिल्म शैलेन्द्र कार्कीले फिल्म खिचेका हुन् । फिल्मलाई सुनिलचन्द्र रौनियार र रौनकविक्रम कँडेलले निर्माण गरेका छन् । फिल्ममा कुमार महर्जनको द्धन्द्ध र रोहित शाक्यको संगीत रहेको छ ।  फिल्मको ट्रेलर भने असोज ४ मा सार्वजनिक हुनेछ ।