मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होला त निश्चल र स्वस्तिमाको बिहे ?

फिल्मीखबर, काठमाडौं, 2015/08/31

आफू र निर्देशक निश्चल बस्नेतको विवाहको खबरलाई अभिनेत्री स्वस्तिमा खड्काले अस्विकार गरेकी छिन् । केही अनलाइन पोर्टलमा निश्चल र होस्टल रिटन्र्स फेम स्वस्तिमाले विवाह गर्न लागेको खबर बाहिरिएपछि समाचारमा प्रतिक्रिया जनाउँदै स्वस्तिमाले विवाहको खबर अफवाह मात्र भएको बताएकी छिन् ।


‘विवाहको कुरा कहाँबाट आयो थाहा छैन । यो कुरा न मेरो परिवारलाई थाहा छ न मलाई । बल्ल मैंले करिअर स्टार्ट गर्दैछु । विवाहको बारेमा सोचेको पनि छैन,’ स्वस्तिमाले भनिन् । उनले निश्चलको परिवारसँग चिनजान भएपनि आफूले थाहा पाएसम्म विवाहको कुरा नउठेको जानकारी गराईन् ।

 

उता निश्चलले पनि विवाहको खबरमा सत्यता नभएको बताएका छन् । उनले कुरा चलेको तर केही पनि टुंगो नभएको बताए । उनले भने, ‘ परिवारमा विवाहको कुरा आएको हो । तर त्यसभन्दा पर केही पनि अगाडि बढेको छैन । फिक्स हुने बित्तिकै म खबर गर्छु ।’