Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

‘धिरे धिरे’ भन्दै ऋतिक र सोनम

एजेन्सी, मुम्बई, 2015/09/01

आज भन्दा २५ बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘आशिकी’को एउटा गीत खुबै हिट भएको थियो । उसबेला सर्वाधिक हिट मानिएको ‘आशिकी’ फिल्मका धेरै गीत मध्ये ‘धिरे धिरे से मेरे जिन्दगीमे आना’ एएटा थियो जुन अहिले पनि चर्चामा छ ।


यो गीतलाई दर्शक तथा श्रोताले नभुलुन भन्नका लागि यसको रिमेक तयार भएको छ । यो गीतको रिमेक भिडियोमा बलिउडका ह्यान्डसम अभिनेता ऋतिक रोशन र सुन्दर अभिनेत्री सोनम कपुर देखिएका छन् ।भिडियोलाई आकर्षक बनाउन ऋतिक र सोनमलाई फरक शैलीमा देखाइएको छ । यो गीत तयार भएसँगै अब अघिल्लो भन्दा यसमा के फरक होला भन्ने चर्चा पनि उठ्न थालेको छ ।


भिडियोमा ऋतिक र सोनमको जोडी जमेको देखेर टिसिरिज मालिक भूषण कुमारले ऋतिक र सोनमलाई लिएर फिल्म बनाउने कुरा पनि अगाडि सारेका छन् जसमा ऋतिक र सोनम दुवै सकारात्मक रहेको स्रोतको दाबी छ ।

Most Visited News (monthly)