Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16099 - 16104 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-06-27, शनिवार

फिल्म ‘नाइँ नभन्नू ल ३’ले एचआइभी संक्रमित बालबालिकालाई एक लाख रुपैयाँ प्रदान गरेको छ । फिल्मले न्यानोपन हङकङको नेतृत्वमा  गत मे २५ मा भएको शोबाट उठेको मध्ये शनिबार एक लाख रुपैयाँ कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनलाई प्रदान गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-06-26, शुक्रवार

 फिल्म ‘सपना तिम्रो मेरो’का निर्माताले ठूलै आट गरेका छन् । चलचित्र संघले निर्मातालाई असार र साउनमा फिल्म चलाएको खण्डमा ५० प्रतिशत शेयर दिने भन्दै फिल्म चलाउन प्रोत्साहित गरेपनि निर्माता तातेका थिएनन् ।  तर, फिल्म ‘सपना तिम्रो मेरो’का निर्माताले भने साउन २२ गते नै फिल्म चलाएर जोखिम मोलेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-26, शुक्रवार

सलमान र शाहरुख खान फेरि एक पटक बक्स अफिसमा भिड्ने भएका छन् । यसअघि सन् २००६ मा भिडेका दुवै कलाकार आउँदो वर्षको इदका लागि भिडन्त गर्ने भएका हुन् । निर्माण कम्पनी यशराज फिल्मस् र एक्सेल इन्टरटेनमेन्टले दुवै स्टारका फिल्म एकै डेटमा रिलिज गर्ने अड्डी कसेपछि दुवैको भिडन्त पक्का भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-06-26, शुक्रवार

वैशाखदेखि साउनसम्म चुपचाप बसेका फिल्मकर्मी भदौबाट भने जुरमुराउने भएका छन् । ४ महिना रोकिएका फिल्म भदौबाट प्रदर्शनमा आउँदा चाप बढ्ने खतरा बढेको छ । जसको प्रत्यक्ष उदाहरण भदौमा प्रदर्शनमा आउन लागेका ठूला फिल्म देखिनेछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-25, बिहिवार

निखिल उप्रेतिको कमब्याक गराउने मानिएको फिल्म ‘भैरब’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टोलीले बिहीबार साँझ फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा निखिललाई आफ्नो छवि अनुरुप एक्सन गरिरहेका दृश्यलाई समावेश गरिएको छ । र सार्वजनिक ट्रेलरमा साउथका फिल्मको झल्को देख्न सकिन्छ ।ट्रेलर हेर्दा निखिलको फिल्ममा दर्शकले खोज्ने खुराक प्रशस्त रहेको अनुमान गर्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-25, बिहिवार

फिल्म ‘लबसब’ले पनि रिलिज मिति घोषणा गरेको छ । फिल्मले भदौ २५ लाई  रिलिज मिति घोषणा गरेको हो । यसअघि सोही मितिमा करिष्मा मानन्धरको ‘फागु’ र ‘गोपीकृष्ण फिल्मस्को ‘होमवर्क’ आउने हल्ला चलेका भएपनि दुवैले औपचारिक घोषणा गरेका थिएनन् ।

Results : 16099 - 16104 of 24018