Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

किन रोकियो कलाकार संघको अधिवेशन ?

फिल्मीखबर, काठमाडौं, 2015/09/01

आगामी भदौं २३ हुने कलाकार संघको अधिवेशन र चुनाव स्थगित भएको छ । महासचिवका आकांक्षी सञ्जय खतिवडाले बर्तमान कार्यसमितिले गैरकलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरेपछि सो मुद्दाको सुनवाई गर्दै जिल्ला प्रशासनले तत्कालका लागि अधिवेशन रोक्न आदेश दिएको हो ।


काठमाडौं जिल्ला प्रशासन कार्यलय प्रशासकीय अधिकृत चिरञ्जीवी नेपालले नेपाल चलचित्र कलाकार संघलाई तत्काल चुनाव रोक्न पत्र पठाएको थियो । गैर कलाकारलाई सदस्य वितरण गरेको सञ्जयको आरोपको छानबिन गर्न  कलाकार बसुन्धरा भुषालको संयोजकत्वमा कृष्ण मल्ल र मोहन निरौला सदस्य रहेको को छानविन टोली गठन गरिएको छ । उनीहरुको प्रतिवेदन पछि   चुनाव र साधारण सभाको मिति तय हुनेछ ।


‘कलाकारहरु बीच चुनावी महोल चर्किरहेको अवस्थामा गैरकलाकारहरु हावी भएपछि सिडियोमा परेको उजुरीको आधारमा तत्काल चुनाव रोकेका हौं । अर्को मिति तय नभएसम्म साधारण सभा र चुनावको गतिविधिको सम्पूर्ण कार्य स्थगित गरिएको छ,’कलाकार संघ अध्यक्ष नवल खड्काले भने ।


कलाकार संघको आगामी अध्यक्ष पदको लागि अभिनेता विशाल बिष्ट, रामकेशर बोगटी र लय संग्रौलाले उम्मेद्वारी घोषणा गरेर चुनावी गतिविधिमा सक्रिय भइसकेका थिए । करिव १२ सय सदस्य रहेको कलाकार संघमा सदस्यमध्ये ६ सयले चुनावमा भोट हाल्ने अधिकार पाएका थिए ।
 

Most Visited News (monthly)