बलिउडमा नयाँ कलाकार भित्राउने मामलामा निर्माता तथा निर्देशक करण जोहर माहिर मानिन्छन् । उनले फिल्म ‘स्टूडेन्ट अफ द ईयर’बाट निर्देशक डेविड धवनका छोरा वरुण धवन र महेश भट्टकी छोरी आलिया भट्टलाई बलिउडमा भित्राएका थिए ।
अब उनै करण बलिउडका चर्चित अभिनेता शाहिद कपुरका भाइ इशान र सैफ अली खानकी छोरी सारालाई बलिउडमा भित्राउने तयारीमा लागेका छन् । करण एक नयाँ फिल्म निर्माण गर्दैछन्, जसबाट बलिउडका यी दुई कलाकारका नयाँ पुस्ता बलिउडमा भित्रनेछन् ।
केही फिल्ममा सहायक निर्देशकको रुपमा काम गरिसकेका इशान साहिद कपुरको नयाँ फिल्म सानदारमा पनि देखिनेछन् । यता, सैफ अली खानकी पूर्व पत्नी अमृताको कोखबाट जन्मिएकी साराले एक म्यागेजिनका लागि आमासँग फोटोसुट पनि गरिसकेकी छिन् । इशान साहिद कपुरका सौतेला भाइ हुन् ।

