अभिनेता आर्यन सिग्देल र नव–अभिनेत्री आशिका तामाङ अभिनित फिल्म ‘सुश्री’ कात्तिक ३ गतेबाट लाग्ने भएको छ । निर्देशक शिवम् अधिकारीले फिल्म कसैसँग जुधाउन भन्दा पनि पहिले नै मिति तोकिएकाले आउन लागेको बताए । यही मितिमा फिल्म ‘ठमेल डट कम’, ‘परदेशी’ र ‘अधकट्टी’ले पनि आफू आउने घोषणा गरिसकेका छन् ।
आफूहरुले छायांकनको समयमा नै फिल्मको मिति तोकेकाले प्रदर्शन गर्न लागेको बताए । अहिलेसम्म फिल्मले ३० वटा हल पाउने पक्का भैसकेको शिवम्को दाबी छ । रोचक कथामा तयार भएको यो फिल्मलाइ प्रचार गर्नका लागि मात्र दशैको मिति नतोकिएको उनको भनाई छ । फिल्ममा अभिनेता आर्यन सिग्देल फरक भूमिकामा देखिएका छन् ।

