
नेपाल चलचित्र कलाकार संघलाई चुनाव लागेको छ । भदौ २३ गते हुने चुनावी सभाका लागि उम्मेदवारी घोषणा सुरु भएको छ । यसपटक अध्यक्ष पदमा हालमा महासचिव रामकेशर बोगटी र कलाकार लय संग्रौलाविच भिडन्त हुनेछ । अभिनेत्री करिश्मा मानन्धरले पनि उम्मेदवारी दिने चर्चा छ । अध्यक्ष पदमा उम्मेदवारीको घोषणा भएपनि अन्य पदका लागि कलाकारहरु अगाडि सरेका छैनन् । अध्यक्ष पदमा उम्मेदावरी दिदै कलाकार रामकेशर बोगटीले आफूले गरेका योगदानको चर्चा गरे । ४ दशकदेखि फिल्म क्षेत्रका बिताएको बताउँदै उनले कलाकारको हितमा काम गर्ने बताए । उनले कलाकार संघको आफ्नै भवन निर्माण गर्ने पनि बताए । रामकेशले कलाकार संघको अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा निम्न काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छन् ।

अभिनेता जीवन लुइटेल र अभिनेत्री रिस्ता बस्नेत एकसाथ पर्दामा देखिने भएका छन् । जीवनले रिस्तासँग फिल्म रिफ्यूजीका लागि प्रेमी प्रेमिकाको जोडी वाधेका हुन् ।अहिले झापामा छायांकन भैरहेको यो फिल्ममा जीवन शरणार्थीहरुको नाइकेको रुपमा पर्दामा देखिनेछन् ।

ब्रिटिश अभिनेता रसेल ब्रान्डले बलिउड अभिनेत्री दीपिका पादुकोनलाई पट्याउने अभिव्यत्तक्ति दिएका छन् । भारतको नयाँ दिल्लीमा अयोजित एक कार्यक्रममा बलिउड सेलिब्रेटीका बारेमा कुरा गर्दै रसेलले दीपिकालाई पाए आफू उनीसँग विवाह गर्न तयार रहेको बताएका छन् ।

असार र साउनमा फिल्म हलमा चलाउने निर्मातालाई ६० प्रतिशत शेयर दिने बताएको चलचित्र संघ असारमै टुटेको छ । निर्माताले भदौ अगाडि फिल्म रिलिज नगर्दा हल व्यवसाय नै समस्यामा परेको भन्दै प्रोत्साहनका लागि ६० प्रतिशत शेयर दिने बताइएको थियो ।

फिल्म नगरीमा खासै चर्चा बटुल्न नसकेपछि अभिनेत्री विनिता घिमिरे अहिले यो क्षेत्रभन्दा टाढा छिन् । उनले आफू विदेशमा रहेको बताएपनि अन्य कुरा खुलाएकी छैनन् । विनिता नहुँदा अर्की अभिनेत्री सविना कार्कीलाई भने दौडधुप नै परेको छ ।

नेपाली फिल्मका लागि अब अभिनेता आर्यन सिग्देल र जीवन लुइटेलले यो फिल्ममा काम गरे, गर्दैछन् भन्ने कुरा खासै नौलो भएन । कारण बर्षमा निर्माण हुने करिब २ दर्जन फिल्ममा यी दुइ नै देखिने पक्का जस्तै हो । अभिनेताको अभाव हुँदै गर्दा जीवन र आर्यनमा फिल्मको चाप बढ्नु स्वभाविक पनि हो ।

