फिल्म निर्माता मधुकुमार श्रेष्ठले आफू विरुद्ध कुनै सार्वजनिक मुद्दा लागेको प्रमाण ल्याउन चुनौती दिएका छन् । यस्तो प्रमाण ल्याएको खण्डमा आफू कारवाही भोग्न पनि तयार रहने उनको भनाई छ ।
केही संचारमाध्यममा सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालको संरक्षणमा रहेको डन भन्दै समाचार आएको भन्दै उनले ध्यानाकर्षण भएको बताएका छन् । प्रेस विज्ञप्ती सार्वजनिक गर्दै मधुले आफू लामो समयदेखि व्यवसायमा संलग्न रहेको बताएका छन् ।
समाजमा गुण्डा गर्दी र डन प्रथा हुनु हुदैन भन्ने बिषयमा आफूले फिल्म बजार बनाएको भन्दै निर्माता श्रेष्ठले आफ्ना शुभचिन्तकलाई यस्तो हल्लाको पछाडि नलाग्न विज्ञप्ति मार्फत आग्रह गरेका छन् । आफ्नो संलग्नता नै नभएको बिषयमा बजारमा समाचार आउँदा आफू छक्क परेको उनको भनाई छ ।
उनले समाजसेवा, चलचित्र निर्माणमा सधै नै लागिरहने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । निर्माता श्रेष्ठले फिल्म ‘विन्दास’, ‘विन्दास २’, ‘बजार’, ‘स्काउट’ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।

