Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.44/5.00)
Text size:-
+
-

दुई करोड तिर `भैरव`

फिल्मीखबर, काठमाडौं, 2015/09/02

गत शुक्रबार रिलिज भएको फिल्म ‘भैरव’ले प्रदर्शनको पाँचौं दिन सम्म आईपुग्दा कुल कमाई २ करोड हाराहारी पुर्याएको वितरकले जानकारी गराएका छन् । दुई दिनमा १ करोड भन्दा बढी कमाईगरेको ‘भैरव’ले बाँकी तीन दिनमा पनि आर्कषक कमाई गर्दै कमाई आँकडा २ करोड हाराहारी पुर्याएको हो । बुधबार गोपीकृष्णमा पत्रकारलाई फिल्म देखाउँदै वितरकले सो आँकडा बताएका हुन् ।



‘भैरव’ले पत्रकार तथा फिल्मकर्मीले बुधबार गोपीकृष्ण हलमा फिल्म देखाएको थियो । फिल्म हेर्न पुगेका फिल्मकर्मीले फिल्मले उठाएको विषयवस्तु र फिल्मको द्धन्द्धको पाटोलाई विशेष मनपराएका थिए । करिब ५ वर्षपछि अभिनयमा फर्केका निखिलको यो फिल्मले तराईमा हुने हात हतियारको तस्करी विरुद्ध लड्ने पुलिस इन्स्पेक्टरको कथा पेश गरेको छ । फिल्मले राजनीतिको आडमा हुने कालो व्यापार र राजनीतिका नाममा जातिय सद्भाव बिथोल्ने तत्वलाई पनि समेटेको छ ।



अभिनयसँगै लेखन र निर्देशन समेत निखिलले नै गरेको यो फिल्ममा अनु शाह र मुरलीधर महत्वपूर्ण भूमिकामा छन् । फिल्म हेरेका फिल्मकर्मीले निखिलसँगै मुरलीधरको पनि तारिफ गरेका थिए । फिल्म भित्र अनु शाह भने सानो भूमिकामा छिन् । मधेशको विषयवस्तु उठाएकाले फिल्मले तराईमा भने रिलिज अनुमति पाएको छैन ।

Most Visited News (monthly)