Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अकेषा २ बर्ष नफर्कने, छुल्ठिम पनि कथा खोज्दै

फिल्मीखबर, काठमाडौं, 2015/09/02

नेपाली फिल्म क्षेत्रमा आउने कलाकारहरु ठूलो सपना बोकेर आउछन् । तर, कतिपय त्यो सपनालाई सुरुमै तिलाञ्जली दिन वाध्य हुन्छन् भने कोही भने पूरा गर्छन् ।
फिल्म ‘जिन्दगी रक्स’बाट नेपाली फिल्ममा डेब्यू गरेकी मोडल अकेषा बिष्टले यसपछि फिल्ममा काम गरेकी छैनन् ।

 

आएका अफरहरु पनि उनले नाई भन्दै नकारेकी छिन् । फिल्म ‘जिन्दगी रक्स’ हिट भएको भए सायद अकेषाले फिल्ममा काम गर्ने इच्छालाई निरन्तरता दिन्थिन् होला । तर, फिल्म असफल भएपछि अकेषाले अहिलेलाई भने फिल्मको काममा विश्राम दिएकी छिन् ।मोडल तथा भीजे अकेषाले अब आफू २ बर्ष फिल्म नखेल्ने बताइन् । आफ्नो पढाई र अरु पनि काम भएको भन्दै अकेषाले फिल्मी दुनियाँमा आउन नचाहेकी हुन् । उनले आफूलाई अत्यन्तै मनपर्ने कथावस्तु आएको खण्डमा भने काम गर्ने उनको भनाई छ ।

 


अकेषाले फिल्म क्षेत्रमा २ बर्ष नफर्कने बताउँदै गर्दा फिल्म ‘नोेभेम्बर रेन’की  डल्ली अर्थात छुल्ठिम गुरुङले फिल्म नै नखेल्ने नबताएको दाबी गरेकी छिन् । तर, ‘नोभेम्बर रेन’ जस्तै दर्शकलाई रमाइलो गराउने भूमिका आएको खण्डमा काम गर्ने छुल्ठिमको दाबी छ । उनले सामान्य भूमिका गरेर आफू अभिनेत्री नबन्ने बताइन् ।

Most Visited News (monthly)