जब सुजनसँगको बैबाहिक जीवन विच्छेद भयो, यसपछि बलिउडका ह्यान्डस अभिनेता ऋतिक रोशनको नाम विभिन्न अभिनेत्रीसँग जोडिन थालेको छ । ऋतिकलाई लिएर बलिउडका अभिनेत्रीहरु प्नि उत्साहित देखिन्छन् । ऋतिकको नाम बलिउड अभिनेत्री कंगना रनावतसँग जोडिएको थियो । कंगना र ऋतिक प्रेम सम्बन्धमा रहेको चर्चाले बलिउड बजारलाई तताएको थियो ।
तर, एक कार्यक्रममा जब ऋतिकसँग कंगनाको बारेमा प्रश्न सोधियो, उनी छक्क परे । उनले ओ माई गड मात्र भनेर जवाफ फर्काए । ऋतिकले कंगनासँगको प्रेम सम्बन्धको बारेमा केही पनि बोलेनन् । तर, उनको छेउमै रहेकी अभिनेत्री सोनम कपुरले यसको जवाफ दिन आवश्यक ठानिन् । उनले ऋतिक अहिले सिंगल रहेको जवाफ फर्काइन् । ऋतिकको बिषयमा सोनमको चासोलाई लिएर पनि अहिले चर्चा भैरहेको छ ।

