फिल्म 'रामप्यारी'का लागि सहयाक लिड अभिनेत्री पक्का गरिएको छ । अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्मका लागि आश्मा डीसीले अभिनय गर्ने पक्का भएको हो ।
भदौ २१ बाट छायांकनमा जाने भनिएपनि फिल्मलाई मधेस आन्दोलनले असर पार्न सक्ने देखिन्छ । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । अहिले फिल्मका लागि अभिनेत्री डीसी वर्कशपमा पनि व्यस्त छिन् । फिल्ममा रेखाकै दिदीका छोरा आभाष अधिकारीले आश्मासँग जोडी वाध्ने छन् ।
फिल्ममा रेखा थापा ट्याम्पु ड्राइभरको भूमिकामा देखिन लागेकी हुन् । रेखाको फिल्ममा दोहोरो भूमिका हुने वुझिन्छ । रेखाका लागि भने अभिनेता फाइनल भएका छैनन् । रेखाले विभिन्न अभिनेतासँग कुरा गरेपनि आफ्ना लागि जोडी फाइनल गर्न सकेकी छैनन् । चैत्र २६ गते प्रदर्शन हुने भन्दै फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।

