कुनै समय अभिनेता निखिल उप्रेतीका लागि भ्याई नभ्याई थियो । बिहान एउटा फिल्मको सेड्यूलमा रहने निखिल बेलुकी अर्कै फिल्मको सेटमा भेटिन्थे । निखिलको बर्षमा दर्जन बढी फिल्म पनि प्रदर्शनमा आउने गरेका थिए ।
तर, ५ बर्षपछि निर्देशक बनेर फर्किएका निखिलको सोच बदलिएको छ । निखिलले बर्षमा अब पहिलोको जस्तो दर्जन फिल्म खेल्ने छैनन् । आफ्नै निर्देशनमा पनि फिल्म निर्देशन गर्ने सोच निखिलको छ । 'भैरव'को पनि उनी सिरिज बनाउने सोचमा छन् ।
निखिलले आफूले बर्षमा धेरै फिल्म नगर्ने बताए । उनले पहिले जसरी जुन पायो त्यही फिल्म नखेलेपनि आफूले बाच्नका लागि केही फिल्म भने खेल्ने बताए । निखिलका अनुसार फिल्म लाइनबाटै आफ्नो जीवन चलाउनु पर्ने भएकाले पनि उनी बाहिरी ब्यानरका फिल्ममा काम गर्नेछन् ।
तर, पहिलेको जस्तो अफर आएका सबै फिल्म बिहान र बेलुकी गरेर उनले छायांकन गर्नेछैनन् । निखिलले अहिले आफ्नै निर्देशनमा फिल्म 'बजरंगी' पाइपलाइनमा रहेको बताए । तर, यो फिल्म सलमान खानको 'बजरंगी भाइजान'सँग नमिल्ने निखिलको भनाई छ ।

