Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

सन्नीलाई देश निकाला गर्न राखीको माग

एजेन्सी, मुम्बई, 2015/09/04

यस्तो लाग्दैछ बलिउड अभिनेत्री सन्नी लियोनीलाई गरि खान सजिलो छैन । बलिउडमा प्रवेश गरेसँगै सन्नीले चर्चा त पाएकी छन् नै तर बारम्बार अरुकोे निशानामा पर्ने गरेकी छिन् । सन्नीलाई कहिले धार्मिक संगठनले दिक्क पारेका छन् त कहिले समकक्षीले ।


सन्नी बलिउडमा प्रवेश गरेसँगै ड्रामा क्विन राखी सावन्तको चर्चा सेलाएको छ । यसैले राखी सन्नी माथि बारम्बार आक्रोश पोखिरहेकी हुन्छिन् । राखीले फेरि एकपटक सन्नीमाथि ठूलो आरोप लगाएकी छिन् ।सन्नीले कन्डोमका विज्ञपान गरेर समाजमा खलल पु¥याएको राखीको आरोप छ । यस्ता घटनाले बलात्कार बढेको भन्दै राखीले सन्नीलाई भारतबाट निकाला गर्नुपर्ने माग समेत राखेकी छिन् ।सन्नीमाथि राखीले यस्तो आक्रोश पोखेको पहिलो पटक भने होइन ।

Most Visited News (monthly)