
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भुकम्प जानुभन्दा केही दिनअघि मात्रै चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन भएको थियो । जसमा बारपाकका स्थानीय जनताहरुले पनि अभिनय गरेका थिए । बैशाख १२ गते भुकम्प गएपछि बारपाक ध्वस्त भयो । बारपाक मात्रै होइन, महाभुकम्पले ध्वस्त पारेको बारपाक नजिकैको गाउ“ लाप्राकमा पनि चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन गरिएको थियो ।

अभिनेत्री प्रियंका कार्कीले आफ्ना फ्यानसँगको संवाद सुरुवात गरेकी छिन् । अप्रत्यक्ष रुपमा फ्यानकै वरिपरी रहेपनि कलाकारहरु प्रत्यक्ष रुपमा उनीहरुसम्म पुग्न सक्दैनन् ।
यसैले प्रियंकाले अब फ्यानसँगको कुराकानीलाई सामाजिक संजालबाट निरन्तरता दिने भएकी हुन् । हिजो आफ्नो इन्ट्राग्राममा फ्यानसँग प्रत्यक्ष संवाद गरेपछि प्रियंका उक्सिएकी हुन् । उनले फ्यानले सोधेका हरेक प्रश्नको जवाफ दिएकी थिइन् ।

कलाकार किरण केसीले आफ्नो ५६ औं जन्मदिन मनाएका छन् । आज काठमाण्डौमा फिल्म, हाँस्य क्षेत्रका कलाकारहरुलाई बोलाएर उनले असार १५ र जन्मदिन मनाएका हुन् ।
उनले सो अवसरमा हाँस्य ब्यङग्य क्षेत्रका २ हस्तीलाई सम्मान गरे । हाँस्य ब्यङ्ग्य पत्रकारिता सम्मानबाट कार्टुनिस्ट दुर्गा बराल(बात्सायन) र कलाकारको तर्फबाट आनन्द थापालाई सम्मान गरिएको हो । दुबै श्रष्टालाई नगद १० हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको हो ।

केही महिना अघि अमेरिका पुगेका निर्देशक श्याम भट्टराईले अमेरिकामा नै फिल्म निर्देशन गर्ने भएका छन् । उनले अमेरिकामा रहेका एनआरएनका कथा व्यथामा फिल्म बन्न लागेको जानकारी गराए । फिल्म नेपाल विश्व सहयोग संंघ (Nepal association for global cooperation)को तत्वावधानमा बन्न लागेको हो । फिल्ममा अमेरिकाको सनफ्रान्सिसकोमै बसिरहेका युवा प्रिन्स युवराज कार्की र सुजित सिंहको पनि लगानी रहनेछ ।

नेपाल चलचित्र संघ अध्यक्षले आफैंले गरेको निर्णय लागू गर्न आनाकानी गरेपछि निर्माता संघले चलचित्र संघसँगको सहकार्य तोडेको घोषणा गरेको छ । निर्माता संघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै संघ हिन्दी फिल्मको हिमायती बनेको र दादागिरी गरेको भन्दै सहकार्य तोडेको घोषणा गरेको हो ।

अक्षय कुमारसँग काम गर्ने सन्नी लियोनको ठूलो चाहाना थियो । उनले बलिउडका ठूला हिरोसँग काम गर्ने विशलिस्टमा अक्षय कुमारलाई पनि राखेकी थिइन् । तर दुई तीन वर्षयता सि ग्रेडका हिरोसँग काम गर्दै आएकी सन्नी लियोनीले बल्ल ए ग्रेडका हिरोसँग काम गर्ने अवसर पाएकी छिन् त्यसमध्ये पनि अक्षय कुमारसँग । उनले अक्षय कुमारको नयाँ फिल्म ‘सिंह इज ब्लिङ’मा अक्षयसँग काम गर्ने मौका पाएकी हुन् ।

