Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिष्मा र म अफेयरमा छैनौं : सलोन

फिल्मीखबर, पोखरा, 2015/09/05

 सलोन बस्नेत र करिष्मा श्रेष्ठलाई धेरैले अफेयरमा रहेको शंका गर्छन् । एउटा साथीमा काम गरेको यो जोडी दोस्रो फिल्म लब सबमा पनि दोहोरिएपछि धेरैले यस्तो अनुमान गरेका हुन् । तर आफुहरु बिचको सम्बन्ध प्रेमीप्रमीकाको नभएर साथीको मात्र भएको सलोनले बताएका छन् ।

 

 

 

‘हामी एकअर्का एकदम मिल्ने साथी मात्र हौ । बजारमा हल्ला चलेजस्तो हामी अफेयरमा छैनौं,’ उनले भने । करिश्माले पनि आफूहरु अहिलेसम्म साथीमात्र भएको बताइन् । चलचित्र ‘लव सबको प्रोमोसनको दौरान पोखरा आइपुगेका सलोन र करिश्माले यस्तो बताएका हुन् । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनीहरुले चलचित्र लव सबको प्रवद्र्धन गरे फिल्म युवा केन्द्रित रहेको नायक सलोन बस्नेतले बताए । ‘लव सब् युवा केन्द्रित फिल्म हो’ उनले भने ‘चोक चोकमा युवाहरु जसरी आफ्नो दिनहरु बिताइरहेका छन् त्यसैको परिवेशलाइ हामीले पर्दामा उतारेका हौ ।’

 

साथै चलचित्र उत्कृष्ट बनेको र दर्शकहरुले यसलाइ मन पराउनेमा बिश्वस्त रहेको उनको दाबी थियो ।  सामाजिक सञ्जाल फेसबुक युट्युबमा पनि लव सबको चर्चा राम्रो भएकोले पनि फिल्म व्यवसायिक हिसाबले पनि सफल हुने विश्वास व्यक्त गरे । भदौ २५ देखी देशभर एकैसाथ प्रदर्शन हुने चलचित्रलाई देब कुमार श्रेष्ठले निर्देशन गरेका छन् भने सुशिल पोख्रेल र नरेन्द्र महर्जन यसका निर्माता हु्न् । फिल्ममा संयम पुरी पनि मुख्य भूमिकामा छन् ।

Most Visited News (monthly)