Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिकपालले भेटे हिरोइन

फिल्मीखबर, काठमाडौं, 2015/09/04

फिल्म ‘च्याम्पिएन’का निर्माता कृष्ण पोख्रेलले फिल्मका लागि अभिनेत्री भेटेका छन् । कृष्णले फिल्म ‘च्याम्पिएन’का लागि मञ्जिता केसीलाई अभिनेत्री बनाएका हुन् । निर्माताकै सिफारिशमा मञ्जिता फिल्मकी अभिनेत्री भएकी हुन् ।


वीपी फुयाँलको निर्देशनमा तयार भइरहेको यो फिल्ममा दिकपाल कार्कीसँग मञ्जिताले जोडी बाँधेकी हुन् । फिल्ममा जगत टमाटा, साहिल खान लगायतका कलाकार पनि देखिनेछन् ।
फिल्मका गीतमा कविराज गहतराजको नृत्य निर्देशन, पवन गौतमको छायांकन, टंक बुढाथोकीको संगीत छ ।


फिल्म च्याम्पिएनका क्रिकेटको कथालाई रोचक तबरले उठान गरेको  निर्देशक वीवीले बताएका छन् । उनले यसपटक गीतका लागि पनि मिहिनेत गरिएको जानकारी दिए ।
फिल्मका लागि सुरुवातमा निखिल उप्रेती, आर्यन सिग्देल लगायतका कलाकारसँग कुरा गरिएको थियो । अभिनेत्रीका लागि नम्रता सापकोटा, सम्पदा बाँनियाको नाम अगाडि आएपनि निर्माताका कारण मञ्जिता नै पक्का भएकी थिइन् ।

Most Visited News (monthly)