
अभिनेता निखिल उप्रेतिले बीबी फुयाँलको निर्देशनमा बन्ने फिल्म फिल्ममा पत्नी संचितासँगै जोडी बनाउने खबर बाहिरिएको थियो तर सुटिङ सुरु हुने बेलामा निखिलले सञ्चिता दुवैले फिल्म छाडेको खबर बाहिरिएको छ ।

यस्तो लाग्दैछ, रणवीर कपुरसँग सम्बन्ध राख्दा बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफलाई समस्या पर्न थालेको छ । रणवीरले आफ्नै निर्माणमा बनाइरहेको पहिलो फिल्म ‘जग्गा जासुस’को छायांकन सुरु भएको २ बर्ष भैसकेको छ । तर, अझै यो फिल्मको छायांकन सकिएको छैन । यो फिल्ममा रणवीरकी प्रेमिका कट्रिना कैफ मुख्य भूमिकामा छिन् । फिल्मको छायांकन नसकिएकाले प्रदर्शन मिति पनि बारम्बार सारिएको छ । यसैले कट्रिना समस्यामा परेकी छिन् ।

नेपाली फिल्म नरेको पोखरामा स्पेशल स्क्रिनिङ भएको छ । शनिबार साँझ पोखरामा भएको स्क्रिनिङमा फिल्म र संचारक्षेत्रका व्यक्तित्वहरुको सहभागिता रह्यो । पहिलोपटक पोखरामा भएको स्क्रिनिङ पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया सहभागीहरुले दिए ।

बलिउड अभिनेता अमिर खान र सलमानको मित्रताका बारेमा त दुनियाँलाई थाहा छ । सलमान र शाहरुखको झगडा पर्दा आमिरले सलमानको पक्षमा लागेर शाहरुखको मान मर्दन गर्न कुनै कसुर छाडेका थिएनन् । त्यसैले आमिरको फिल्म रिलिज हुँदा सलमानले प्रमोट गर्ने र सलमानको फिल्म रिलिज हुँदा आमिरले प्रमोट गर्ने सिलसिला पूरानै हो ।

नेपालीमा एउटा चर्चित उखान छ ,‘नानी पाउनु कैले कैले कोक्रो बन्नु अहिले’ । उखानको अर्थ हो काम सुरु गरेपछि मात्र यसका बारेमा गफ गरेको राम्रो । यही उखान आजभोलि हाम्रो फिल्म उद्योगसँग दुरुस्त मेल खान जान्छ । आजभोलि निर्माताहरु फिल्मको नाम राख्न पाएको छैन रिलिज डेट घोषणा गर्न तम्सन्छन् । यस्तो लाग्छ नेपाली फिल्मका निर्माताहरुलाई फिल्म बनाउन भन्दा पनि चलाउन हतारो छ । परिणाम निस्कन्छ – फिल्म फ्लप निर्माता गायब ।

भुकम्पको समयमा पशुपति आर्यघाटमा पुगेर केही मृतकको शव जलाउन सहयोग गरिरहेकी अभिनेत्री रेखा थापा यसपछि एकाएक अमेरिका हानिइन् । रेखा अमेरिका हानिनुको मुख्य कारण उनले रामेछापमा पक्की घर बनाउन राहत ल्याउनु थियो । रेखा अमेरिका हानिएपछि उनले संचालन गर्दै आएको रेखा थापा फाउन्डेशन महासचिव सविर श्रेष्ठले चलाइरहेका छन् । उनकै हातबाट केही फिल्मीकर्मी र केही पत्रकारलाई राहत पनि वितरण गरिएको थियो ।

