
बलिउड र क्रिकेट बजारमा अब विराट कोहली र अनुष्का शर्माको प्रेमको बारेमा जानकार नहुने कमै मात्र मानिस होलान् । विराट र अनुष्काको प्रेम अब खुलेयाम नै देख्न थालिएको छ । दुबैको समय खाली हुने वित्तिकै विदेशमा एकसाथ समय बिताउने यो जोडी अब फ्याशन शो र अवार्ड कार्यक्रममा पनि देखिन थालेको छ ।

‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागमा मुख्य भूमिकाका लागि नयाँ कलाकारको खोजी सुरु भएको छ । निर्देशक बिकास आचार्यले अडिसन कल गर्दै अभिनयमा रुची भएकालाई सम्पर्कका लागि आग्रह गरेका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल फिल्म ‘लव यु बाबा’ जापानको शिनोकुबो फिल्म फेस्टिभलमा छानिएको छ । अभिनेता तथा निर्माता गजित बिस्टले फिल्म अगस्ट महिनाको १६ तथा २० तारिखमा प्रदर्शन हुने जानकारी गराए ।

पूराना निर्देशक किशोर रानामगरको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘प्रतिविम्ब’को पोखरामा विशेष प्रदर्शनी हुने भएको छ । साउन ९ गते शनिबार हुने प्रदर्शनीबाट उठेको रकम भूकम्प पीडितलाई हस्तान्तरण गरिने निर्माण यूनिटले जनाएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि निर्माण यूनिटले यस्तो जानकारी दिएको हो ।

कलाकार संघको नेतृत्वमा गएको टोलीले पनि बुधबार संविधानको प्रारम्भिक मस्यौदामा सुझाव पेश गरेको छ । बुधबार संविधानसभाका सभामुख सुवास चन्द्र नेम्वाङ र राजनीति संवाद समितिका संयोजक डा. बाबुराम भट्टराईलाई भेटेर कलाकारहरुले संविधानको नीति तथा दायित्व सम्बन्धी धारामा राष्ट्रिय चलचित्र शब्द समावेश गर्नुपर्ने सुझाव दिएका हुन् ।

चलचित्र बिकासबोर्डले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिँदै राज्यका नीतिमा चलचित्र सम्बन्धी नीति पनि थप्न आग्रह गरेको छ । मस्यौदाको धारा ५५मा रहेको राज्यका नीतिहरुमा थप खण्ड थप्दै चलचित्र सम्बन्धी नीति पनि थप्न सुझाव दिएको हो ।

