
फिल्मको पर्दामा थुप्रै अभिनेत्री बोकेका आर्यन सिग्देल अहिले आफ्नी श्रीमती सपना भण्डारीलाई बोक्दैछन् । सपनालाई बोक्दै गरेको तस्बिर फेसबुकमा राखेर आर्यनले श्रीमतीप्रतिको माया दर्शाए । यति मात्र होइन, गएको फागु पूर्णिमामा सपनालाई खुल्ला स्थानमै चुम्बन गरेको तस्बिर फेसबुकमा पोष्ट गरेर आर्यनले चर्चामा आउने काम गरे ।

बलिउडमा अभिनेत्री विपाशा वसुको प्रेमको चर्चा सधै नै हुन्छ । विपाशाको प्रेम सुरुमा डिनो मारियोसँग भयो । यसपछि उनले डिनोलाई छाडेर जोन अब्राहिमसँग प्रेम गरिन् । जोन र विपाशाको प्रेम करिब ९ वर्ष सम्म चल्यो । बलिउडमा यी दुईले बिहे नै गर्छन् भन्ने चर्चा पनि थियो । तर, पछि यो जोडी अलग भयो ।

नेपाली फिल्ममा विस्तारै अभिनेत्रीको खडेरी देखिएको छ । एकपछि अर्को गर्दै अभिनेत्रीहरु विदेश पलायन हुन थालेपछि नेपालमा अभिनेत्रीके कमि हुन थालेको हो । हुनत, नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको संख्या धेरै छ । तर, धेरै मध्ये केही मात्र यस्ता छन् जसलाई निर्माता र निर्देशकले मात्र होइन दर्शकले पनि पत्याएका छन् । केही अभिनेत्री चाहिँ फिल्ममा साना तिना रोल र म्यूजिक भिडियो खेलेका तस्बिहरु फेसबुकमा हालेर अभिनेत्रीको धाक लगाउनमै सिमित छन् ।

नेपाली फिल्मका निर्माता तथा निर्देशक अभिनेता भन्दा अभिनेत्रीलाई आफ्नो ब्यानरमा निरन्तर दिन्छन् । कुनै समय शिव रेग्मीका लागि निरुता सिंह र झरना थापा खुबै प्यारी थिए । तुलसी घिमिरेका लागि पनि कुनै समय निरुता बाहेकका बिकल्प हुन्थेनन् । नरेश पौड्यालले त अरुणिमा लम्सालका लागि ‘दिपशिखा’ भन्ने फिल्म नै निर्माण गरे । यस्ता उदाहरण नेपाली फिल्ममा खुबै देखिन्छ । छविराज ओझाले अभिनेत्री रेखा थापालाई लामो समयसम्म आफ्नो फिल्ममा लिए ।

सलमान खान अभिनित फिल्म ‘बजरंगी भाईजान’ले रिलिजको तेस्रो दिनसय करोड कमाउँदै रेकर्ड बनाएको छ । तीन दिनमा सय करोड कमाउने ‘बजरंगी भाईजान’तेस्रो बलिउड फिल्म बनेको छ । यसअघि ‘ह्याप्पी न्यु इयर’ र ‘धूम ३’ले तीन दिनमा सय करोड कमाएका थिए ।

अभिनेता जीवन लुइटेललाई रिप्लेस गर्दै ‘नाई नभन्नु ल ३’ मा अटाएका अभिनेता आर्यन सिग्देल अब नाई ‘नभन्नु ल ४’ मा नहुने पक्का भएको छ । अभिनेता सिग्देलले ‘नाई नभन्नु ल ४’ पनि खेल्ने निर्देशक विकास आचार्यले नै केही समय अगाडि बताएका थिए । तर, आर्यनले अर्का कलाकार अनुभव रेग्मीसँग पूर्ण समय दिनुपर्ने भएपछि विकासले नयाँ कलाकारको खोजी गरेका छन् । फिल्ममा अभिनेत्रीको रुपमा प्रियंका कार्कीले काम गर्ने पक्का छ ।

