Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मौन प्रेमको कथा ‘हाइवे टु धम्पुस’

फिल्मीखबर, काठमाडौं, 2015/09/25

नेपाली कथामा बनेको अमेरिकन फिल्म ‘हाइवे टु धम्पुस’को प्रिमियर गरिएको छ । बिहीबार राजधानीको कुमारी हलमा विशिष्ट अतिथीहरुका बीच फिल्मको प्रिमियर गरिएको हो । फिल्म हेर्न अभिनेता राजबल्लभ कोइरालाका सहकर्मी र अमेरिकन दूतावासका कर्मचारीहरुको उपस्थिति थियो ।


ब्रिटिश मोडल एलिजावेथ जेम्समा सामाजिक काममा आफ्नो संलग्नता देखाउन फोटोग्राफरका साथ धम्पुसको एउटा अनाथालयमा पुग्छिन् । यति एअरका पाइलट अजित थापाले उनीहरुलाई धेरै पटक पोखराबाट प्लेनमा धम्पुस पुर्याउँछन् । अनाथालय लक्ष्मीको हुन्छ जसले असहाय बालबालिकालाई पढाउने काम गरिरहेकी छिन् । रुखो स्वभावकी एलिजावेथ र उनीसँग आएका फोटोग्राफर कोल्ट बच्चाको निस्वार्थ मायाले बिस्तारै पग्लँदै जान्छन् । उता लक्ष्मी र पाइलट अजित पनि एक अर्काको आकर्षणमा पर्छन् । यही बीचमा यस्तो घटना घट्छ जसले तीनै पात्रको जीवन परिवर्तन हुन्छ ।


सामान्य कथामा बनेको फिल्ममा राजबल्लभ कोइरालाले पाइलट अजितको रुपमा अभिनय गरेका छन् । राज यही फिल्मकै प्रिमियरका लागि भनेर अमेरिकाबाट काठमाडौं आएका छन् । उनीसँगै निर्देशक म्याकफारल्याण्ड पनि नेपाल आएका छन् । दुवैले बिहीबार भएको प्रिमियर शोमा उपस्थिति जनाएका थिए ।दुवैले साधारण कथालाई सोही तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको बताए । उनीहरुले नेपाली दर्शकको प्रतिक्रिया जान्न उत्सुक रहेको पनि बताएका थिए ।

 

प्रिमियरमा उपस्थित केही फिल्मकर्मीले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । निर्माता तथा कलाकार निर्मल शर्माले राजबल्लभ र लक्ष्मी बनेकी सुयशा रानाको मौन प्रेम मन परेको प्रतिक्रिया दिए । त्यस्तै अस्कर कलेज प्रिन्सिपल विनोद पौडेलले फिल्म सिम्पल र एलिगेन्ट भन्दै मन परेको प्रतिक्रिया दिए । ‘आम फिल्म भन्दा भिन्न छ । धैर्य गुमाउनु हुन्न । अन्तमा छुन्छ’ पौडेलले भने । फिल्म शुक्रबारबाट देशभरका २० भन्दा बढी हलमा लाग्दैछ ।

Most Visited News (monthly)