Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शाहरुखले हेरे कपिलको फिल्म

एजेन्सी, मुम्बई, 2015/09/24

शाहरुख खानले रिलिज नहुँदै कपिल शर्माको डेब्यु फिल्म हेरेका छन् । कपिलले शाहरुखकै लागि भनेर हैदरावादमा शाहरुखलाई फिल्म देखाएका थिए । शाहरुख हाल फिल्म ‘दिलवाले’को सुटिङका लागि हैदरावादमै छन् । शाहरुखसँगै बरुण धवन र कृति सेननले समेत फिल्म हेरेका थिए ।


फिल्म हेरिसकेपछि प्रतिक्रिया दिँदै शाहरुखले कपिलको फिल्मले मर्नेगरी हँसाएको बताएका छन् ।‘फिल्म हेर्दा एकदमै मजा आयो । हँसाएर मार्छ फिल्मले । मलाई हाँस्ने मौका दिएकोमा फिल्मको टोलीलाई बधाई छ,’ शाहरुखले लेखेका छन् ।

कलर्स टेलिभिजनमा कमेडी नाइट विद कपिल चलाएर चर्चामा आएको कपिल शर्माको यो पहिलो फिल्म हो । फिल्ममा कपिलले चार चार हिरोइनसँग रोमान्स गरेका छन् । स्ट्याण्डअप कमेडीका लागि चर्चित कपिलको फिल्म धेरैले हेर्न चाहेको फिल्म मध्येको एक मानिएको छ । फिल्म भोलि शुक्रबारबाट रिलिज हुँदैछ ।

Most Visited News (monthly)