मोडल तथा अभिनेत्री रिमा विश्वकर्मा वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । रिमाले आउँदो आइतबार लण्डन बस्दै आएका रोबर्ट विश्वकर्मासँग विवाह गर्न लागेकी हुन् ।
वैवाहिक कार्यक्रम बौद्धको होटल हायातमा सम्पन्न हुनेछ ।
रिमा र रोबर्टको विवाह लभ वा एरेन्ज हो बाहिर आएको छैन । रिमाको पारिवारिक श्रोतले आउँदो शुक्रबार मात्र रोबर्टलाई पत्रकार सामु परिचित गराउने तयारी गरिरहेको छ ।
रिमाको यही शुक्रबार ‘भाले फाइट’ रिलिज हुँदैछ र सोही फिल्मको कार्यक्रममा रिमाले हुनेवाला श्रीमानलाई सबैसामु परिचय गराउने तयारी गरिरहेकी छिन् ।
रिमा र रोबर्टको टीकाटालो भने भईसकेको स्रोतले बतायो । रिमाले विवाह पछि पनि फिल्म तथा मोडलिङलाई निरन्तरता दिन चाहेको स्रोतले बतायो । रिमाले ‘भिजा गर्ल’, ‘स्वर’ फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । पत्रकारिताबाट रिमाले अभिनयमा फड्को मारेकी हुन् ।

