
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले भन्दै आएको बक्स अफिस लागूको कार्यन्वयन केही पछि सरेको छ । तर, उनले अहिले ई टिकटिङ सिस्टम लागू गर्ने निर्णय गरेका छन् । कात्तिक १ गतेबाट काठमाण्डौ, भक्तपुर र ललितपुरका सबै हलले यो सिस्टम जडान गर्नुपर्नेछ । केही मल्टिप्लेक्सलाई छाड्ने हो भने अधिकांश हलमा यो सिस्टम छैन ।

म्युजिक भिडियोबाट फिचर फिल्ममा प्रवेश गरेकी प्रकृति श्रेष्ठ फेरि एक पटक भिडियोमा देखिएकी छिन् । प्रकृतिलाई निर्देशक सुरेश दर्पण पोखरेलले पुनः एक पटक म्युजिक भिडियोको अभिनयमा फर्काएका हुन् । बिहे गरेर हाल अष्ट्रेलियाको मेलबर्न सहरमा रहेकी प्रकृतिलाई दर्पणले सोही ठाउँमा भिडियो खिच्दै मोडलको रुपमा अभिनय गराएका हुन् ।

असोज १ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म वडा नम्बर ६ को एक गीत सार्वजनिक गरिएको छ । वाइयात लभ बोलको गीत सार्वजनिक गर्दै यसको निर्माण यूनिटले कार्यक्रमको आयोजना गरेको हो ।

ज्यानको बाजी लगाएर भूकम्प पीडितलाई सहयोग गर्न र रमाइलो प्रदान गर्न विभिन्न स्थानमा पुगे, कलाकार जितु नेपाल । कहिले हुस्सु त कहिले पहिरोको जोखिम छिचोलेर नुवाकोटदेखि विभिन्न स्थानमा पुगेका जितुले कतै पनि यसको खबर पढ्न पाएनन् । तर, धादिङमा पुगेपछि जितु, माग्ने बुढा र कोमल वलीलाई प्रहरीले समात्यो भन्ने समाचार पढ्न पाए ।

बलिउड अभिनेता साहरुख खान र अभिनेत्री काजोलको चर्चा सधै नै हुन्छ । यो जोडीले पर्दामा थुप्रै हिट फिल्म दिइसकेको छ । यतिमात्र होइन साहरुख र काजोल राम्रो साथी पनि हुन् ।तर, काजोलकै कारण उनका पति अजय देवगण र साहरुख खानको सम्बन्ध राम्रो छैन पनि भनिन्छ । अजय साहरुखलाई साथी मान्न तयार छैनन् । तर, केही दिन अगाडि साहरुख र अजय वुल्गेरियाको एक रेष्टुरेन्टमा खाजा खादै गरेको अवस्थामा भेटिएका थिए । यसपछि, उनीहरुको सम्बन्ध सुध्रिएको विश्लेषण पनि गरिएको छ ।

फिल्म ‘रावण’ तथा ‘दमदार’का निर्देशक कमलकृष्णमाथि केही भारतीय कलाकारले लाखौ ठगेको आरोप लगाएका छन् । भारतको जागरण पत्रिकाले कमलकृष्णले लाखौ ठगेर भागेको समाचार प्रकाशित गरेपछि उनको ठगी बाहिर आएको हो ।

