Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16033 - 16038 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-07-16, बिहिवार

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको प्रेम चर्चा नेपाली फिल्ममा नयाँ होइन । बारम्बार प्रेमको चर्चामा घेरिएपनि सविन र अनु यो कुरालाई नकार्दै आएका छन् । तर, फिल्मीकर्मी भन्छन् अनु र सविनविचको प्रेमको हल्ला गलत होइन ।

एजेन्सी, मुम्बई, 2015-07-16, बिहिवार

बलिउडमा आफ्नो अभिनय र विभिन्न स्क्यान्डलका कारण चर्चामा रहने कलाकार हुन् शक्ति कपुर । शक्तिकी छोरी श्रद्धा कपुर अहिले बलिउडमा चर्चित छिन् । उनले अभिनय गरेका कुनै पनि फिल्म असफल भएका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-15, बुधवार

 निर्देशक दिनेश सिंह ठकुरीको निर्देशनमा तयार हुँदै गरेको चलचित्र ‘स्मोकी सिटी’ को हाल राजधानीको बिभिन्न स्थानहरुमा  छायांकन भईरहेको छ । आधुनिक शहरमा हुने गरेका घटनाहरुलाई समेटेर तयार पारेको कथामा सुशिल क्षेत्री र रबिना खड्काको जोडी देख्न सकिन्छ । फिल्म भित्र सुशील क्षेत्रीले अपराधी तह लगाउने युवकको भूमिकामा अभिनय गरिरहेको छन् । हाल फिल्मको द्धन्द्ध दृश्यको छायांकन चलिरहेको छ ।  सन्तोष ढकाको कथामा तयार हुँदै गरेको यस चलचित्रलाई दिपक सिंह साउदले निर्माण गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-15, बुधवार

फिल्म भाग् सानी भाग्ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो फिल्मलाई माघे संक्रान्तीको बिदामा रिलिज गरिने प्रस्तुतकर्ता चेतन सापकोटाले बताए । उनका अनुसार फिल्म राम्रो बनेकाले बिदाको दिनमा रिलिज गर्दा निर्मातालाई पनि फाइदा हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2015-07-15, बुधवार

अभिनेता जीवन लुइटेल र एक इन्सपेक्टरको झापाको  वुधबारेमा झगडा परेको छ । झगडाले उग्र रुप लिएपछि जीवन इन्सेपक्टरसँग मुक्का मुक्कीमै उत्रिएका छन् । उदय सुब्बाले निर्देशन गरिरहेको  फिल्म रिफ्यूजीका लागि यो दृश्य खिचिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-15, बुधवार

बलिउडमा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण सफल छन् । दुबैका फिल्मले १ सय करोड भन्दा माथिको व्यापार गर्छन् । तर, यी दुई कलाकार एकसाथ फिल्ममा देखिएका छन् ।

Results : 16033 - 16038 of 24018