
अर्थमन्त्री रामशरण महतले मंगलबार जारी गरेको बजेटमा फिल्म नगरी स्थापना गर्ने कार्यक्रलाई प्राथमिकताको सूचीमा समेटेका छन् । त्यसो त सरकारको चलचित्र नगरी बनाउने घोषणा पहिलो भने होइन । अघिल्लो वर्षपनि सरकारले सुटिङ स्टुडियो बनाउने र देशी विदेशी फिल्मको सुटिङ गन्तव्यस्थल बनाउने घोषणा गरेको थियो । घोषणामा परेको भएपनि यो सम्बन्धी काम सर्वेक्षण भन्दा अगाडि जान सकेको छैन ।

दीपिका पादुकोण क्यान्सर बिरामी बन्ने भएकी छिन् । हलिउड फिल्म ‘फल्ट इन अवार स्टार्स’को बलिउड रिमेकमा दीपिकाले क्यान्सर पीडित युवतीको भूमिका निर्वाह गर्ने कन्फर्म भएको हो ।

फिल्म होस्टेलबाट नेपाली रजतपटमा अभिनेता बने सलोन बस्नेत । निर्देशक शोभित बस्नेतका छोरा भएकाले पनि उनको चर्चा धेरै भयो । यस्तै, फिल्म ‘सायद’बाट रजतपटमा उदाए संयम पुरी । उनी निर्देशक नारायण पुरीका छोरा हुन् ।

अभिनेत्री अनु शाह बल्ल अभिनेता निखिल उप्रेतीले निर्देशन गरेको फिल्म ‘भैरव’को प्रचार सामाग्रीमा देखिएकी छिन् । फिल्मको ट्रेलर र एक गीतमा ओझेल परेकी अनु सार्वजनिक नयाँ एक गीतमा निखिलसँग मस्ती गर्दैछिन् ।

तमिल फिल्म ‘बाहुबली’ले तीन दिनमा १ अर्ब ६० करोड कमाउँदै नयाँ रेकर्ड कायम गरेको छ । भारतमा कुनै पनि फिल्मले तीन दिनमा कमाएको यो सर्वाधिक रकम हो । यसअघि शाहरुख खानको ‘ह्याप्पी न्यु इयर’ले तीन दिनमा सय करोड कमाउँदै रेकर्ड कायम गरेको थियो । त्यो रेकर्डलाई पछि पार्दै बाहुबलीले भारतभरबाट यत्तिको कमाई गरेको हो ।
फिल्मले पहिलो दिनमै ५० करोड कमाएर बजारमा तहल्का मच्चाएको थियो । तर शनिबार हल्का कम कमाई गरेपनि आइतबार ६० करोड बराबर कमाई गर्दै फिल्मले १ अर्ब ६० करोड पुर्याएको हो ।

फिल्म मालाको विशेष शो काठमाण्डौको क्यूज हलमा गरिएको छ । गायिका आनी छोइङ लामाले निर्माण गरेको सामाजिक संस्था आरोग्य फाउन्डेसनका लागि फिल्मको विशेष शो गरिएको हो । फिल्म हेर्नका लागि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कलाकार विजय लामा, अभिनेता आर्यन सिग्देल, अभिनेत्री गौरी मल्ल लगायत क्यूज हल पुगेका थिए ।

