Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुटवलमा `सुब्बा साब`

फिल्मीखबर, काठमाडौं, 2015/09/25

राजु अधिकारीको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘सुब्बा साब’ को छायांकन यति बेला बुटवल र भैरवहाको विभिन्न ठाउँमा भईरहेको छ । पारिवारिक कथामा निर्माण हुँदै गरेको ‘सुब्बा साब’ निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्वको मुख्य कथा हो ।

 

यस फिल्ममा जीवन लुईटेल, सरोज खनाल, गौरी मल्ल, गणेश उप्रेती, बर्षा सिवाकोटी, महिमा सिलवाल, जान्बी बस्नेत, दिपक ढकाल, अर्जुन गौतमको मुख्य भूमिका रहेको छ । फिल्मलाई जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गर्न लागेका हुन । 

 

मौनता श्रेष्ठको पटकथा, हिरामणि न्यौपानेको कथा तथा संगीत र पवन गौतमको छायांकन रहेको ‘सुब्बा साब’ को छायांकन करिब तीस प्रतिशत सकिएको बताईएको छ । बुटवल र भैरहवाको गर्मी र बन्द हड्तालले गर्दा फिल्मको छायांकन सोचे जस्तो नभएको निर्देशक अधिकारीले बताए ।  

Most Visited News (monthly)