Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेताहरुको फिल्म हेर्ने लहर । माधव नेपाल र लाल बाबुले हेर ‘चंखे शंखे पंखे’

फिल्मीखबर, काठमाडौं, 2015/09/24

नेताहरुलाई संविधानसभाले राम्रै थकाए छ । त्यही भएर होला थकाई मेट्न नेताहरु पालैपालो नेपाली फिल्म हेर्न हलसम्म आउन थालेका छन् । दुई दिन अघि बाबुराम भट्टराई, मिनेन्द्र रिजाल र हिसिला यमी आदि नेताहरु मधेशी नेताहरुसँग वार्ता गर्न छाडेर ‘वडा नं ६’ हेर्न कुमारी पुगेका थिए । अर्को दिन फेरि एमाओवादीकै अर्का नेता नारायण काजी श्रेष्ठ पनि ‘वडा नं ६’ नै हेर्न सहयोगीका साथ पुगेका थिए ।


बुधबार भने एमाले नेताको पालो थियो । एमाले नेताहरुले भने ‘चंखे शंखे पंखे’ हेरे । बुधबार राजधानीमा भएको प्रिमियरमा सहभागि हुँदै दुवै नेताले पूरा अवधि बस्दै फिल्म हेरेका हुन् ।फिल्म हेरिसकेपछि एमाले नेता लाल बाबु पण्डितले फिल्मले उठाएको विषय राम्रो रहेको तर अन्त्य अलि सोचे जस्तो नभएको प्रतिक्रिया दिए ।

 

डिभि पिआर धारी विरुद्व लागेर राष्ट्रवादी नेताको पहिचान बनाएका लाब बाबुले भने, ‘फिल्मले पनि मैंले जस्तै राष्ट्रियताको कुरालाई नै उठाएको रहेछ । तर अन्त्य कस्तो कस्तो लाग्यो । अर्कै भईदिएको भए हुन्थ्यो’ ।’त्यस्तै माधव नेपालले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका थिए । अलि ढिलो गरी आएका उनले पुरै फिल्म हेरेका थिए ।

 

 

अधिकांश कलाकार कतारमा भईरहेको नेफ्टा अवार्डमा सहभागि हुन कतार हिडेका कारण प्रिमियरमा कलाकारको न्यून उपस्थिति थियो । कतार नगएका केही निर्माता तथा कलाकार फिल्म हेर्न बिग मुभिज आईपुगेका थिए । फिल्म हेर्ने सबैले फिल्म राम्रो रहेको प्रतिक्रिया थिए ।

 



आशुषेन फिल्मस्को ब्यानरमा बनेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । उनले फिल्मलाई भ्रष्टाचार विरुद्वको आवाजको रुपमा व्याख्या गरे । उनले भने, ‘झण्डा बोक्दैमा र दौरा सुरुवाल लगाउँदैमा राष्ट्रवादी भईन्न । राष्ट्रवादी हुन त्यही अनुसारको आचरण पनि चाहिन्छ ।

 

फिल्मले राष्ट्रियताको आवरणमा हुने गलत कार्यको भण्डाफोर गर्ने प्रयास गरेको छ ।’फिल्ममा थापाले निर्देशनसँगै अभिनेताको पनि जिम्मेवारी निर्वाह गरेका छन् । फिल्ममा पूजा शर्मा, सुवास थापा,प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ । कार्यक्रममा पब्लिक स्पिकर तीन जना विजेतालाई लाल बाबु पण्डित र माधव नेपालले पुरस्कार हस्तान्तरण गरेका थिए ।
 
 

Most Visited News (monthly)