
अभिनेता राजेश हमाल तथा अभिनेत्री करिष्मा मानन्धरले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुपका पक्षमा अभिमत जाहेर गरेका छन् । शनिबार होटल हिमालयनमा भएको एक कार्यक्रममा उनीहरुले अबको कार्यकारी जनताको प्रत्यक्ष मतबाट चुनिनु पर्ने धारणा राखे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आयोजना गरेको अन्तरक्र्रियामा सहभागि हुन उनीहरु त्यहाँ पुगेका थिए ।

तेस्रो एनएफडिसी राष्ट्रिय अवार्ड भदौ २६ गते आयोजना हुने भएको छ । अवार्डको मनोनयनमा परेका फिल्म तथा फिल्मकर्मीलाई मनोनयनको प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा अवार्डको मिति घोषणा गरिएको हो । शुक्रबार राजधानीमा भएको कार्यक्रममा फिल्म क्षेत्रका विभिन्न व्यक्तिले मनोनयमा अटाएका फिल्म तथा फिल्मकर्मीलाई मनोनयनको प्रमाणपत्र हस्तान्तरण गरे ।

बलिउड अभिनेताद्धय साहरुख खान र अजय देवगणको सम्बन्ध खासै राम्रो थिएन । साहरुखसँग अजयकी पत्नी काजोल सर्वाधिक चर्चित पर्दाकी जोडी मानिन्छिन् । यही कारणले गर्दा पनि साहरुख र अजयको सम्बन्धमा दरार आएको चर्चा गरिन्छ ।

फिल्ममा जब दुई अभिनेता हुन्छन्, तब अभिनेताको प्रतिस्पर्धा खुबै हुन्छ । २ अभिनेत्री हुने फिल्मको पनि हाल उस्तै हो । तर, जब फिल्ममा सिंगल अभिनेत्री हुन्छिन्, उनलाई काम देखाउन सकेको खण्डमा ठूलै फाइदा हुन्छ । भदौ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म लभ सबमा पनि नव अभिनेत्री करिश्मा श्रेष्ठको हकमा फाइदा हुने देखिएको छ । यो फिल्मबाट आफ्नो करिअरको सुरुवात गर्न लागेकी करिश्मालाई अभिनय देखाउन सकेको खण्डमा तारिफ मात्र होइन काम पनि मिल्नेछ ।

अहिले फिल्ममा काम गर्ने अभिनेता र अभिनेत्रीको शैली र रुचीको बारेमा जान्नका लागि टाढा जानुपर्दैन, उनीहरुको फेसबुक पेजलाई नियाल्दा हुन्छ । फेसबुकमा उनीहरुले देखाउने कार्यशैली, पोष्ट गर्ने बिषयले पनि उनीहरुको दिनचर्या सजिलै थाहा हुन्छ ।

नेपाल चलचित्र प्राविधिक संघले अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारसँगको सहकार्यमा आयोजना गर्न लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि फिल्म हेर्ने काम सकिएको छ । बिहीबार ‘सुन्तली’ र ‘वन वे’ हेर्दै जुरीहरुले फिल्म हेर्ने काम सकेका हुन् ।

