Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्र र ऋचा उत्कृष्ट | आर्यन र प्रियंका पपुलर

फिल्मीखबर, दोहा, 2015/09/26
नेपाल चलचित्र प्राविधिक संघले कतारमा आठौं नेफ्टा फिल्म अवार्ड सम्पन्न गरेको छ । हजारौ दर्शकको भिडमा नेपाली फिल्मका उत्कृष्ट फिल्मकर्मीहरूले अवार्ड चुम्दा कतारको गर्मीमा उपस्थित सबैले शितलताको महसुश गरे । 
 
 
 
अवार्ड समारोहमा नेपाली हाँस्य क्षेत्रका चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कला रत्न उपाधीबाट सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथी सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले मह जोडीलाई उपाधी प्रदान गरेका थिए ।
 
एसियाना टाउनको भव्य स्टेडियममा सम्पन्न अवार्डमा करिब १० हजार दर्शकको उपस्थित थियो । स्टेजमा कलाकार पुग्दा दर्शकको चर्को हुटिङ आएको थियो ।
 
अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीलाई पपुलर कलाकारको अवार्ड दिइएको छ । अवार्ड पाएपछि अभिनेता सिग्देलले सम्पूर्ण रंग पत्रकारलाई अवार्ड समर्पित गरेका थिए । अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘नाई नभन्नु ल ३’को गीतमा नृत्य गरेकी थिइन् ।
 
अवार्डमा सहभागी हुनका लागि नेपालबाट करिब ८० जना दर्शक कतार पुगेका थिए । कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारले विविध प्रस्तुती पस्किए । यस्तै, नेपालबाट गएका कलाकारमध्ये रिजु श्रेष्ठ, आना शर्मा, प्रियंका कार्की, गजित बिष्ट, संगम बिष्टले आफ्नो प्रस्तुती दिएका थिए । गायकद्धय राजेशपायल राई र यूवराज चौलागाइले पनि २–२ वटा गीत गाएका थिए ।
 
कार्यक्रममा विश्वकै कान्छा निर्देशक सौगात बिष्टलाई कतारको तर्फबाट अवार्ड आयोजना गरेको अन्तरराष्ट्रिय कलाकार मञ्चले सम्मान पनि गरेको थियो ।
 
 
अवार्डका विजेताहरुको नामवली यसप्रकार छ - 
 
पपुलर अभिनेताः आर्यन सिग्देल
पपुलर अभिनेत्रीः प्रियंका कार्की
पपुलर फिल्मः कोहिुनर
 
उत्कृष्ट फिल्मः टलकजंग भर्सेस टुल्के
उत्कृष्ट निर्देशकःनिश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट अभिनेत्रीःऋचा शर्मा (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट अभिनेताःखगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट आदिवासी फिल्मः यम्पु देउराली
उत्कृष्ट नव निर्देशकः रामबाबु गुरुङ (कबड्डी)
उत्कृष्ट छायांकारः शैलेन्द्रध्वज कार्की (जेरी)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (आभाष)
उत्कृष्ट डेब्यू अभिनेत्रीःआना शर्मा (जेरी)
उत्कृष्ट डेब्यू अभिनेताः हसनराजा खान (अलबिदा)
उत्कृष्ट सह अभिनेत्रीः छुल्ठिम गुरुङ (नोभेम्बर रेन)
उत्कृष्ट सह अभिनेताः सलोन बस्नेत (आभाष)
उत्कृष्ट खलपात्रः अनुपविक्रम शाही (हँसिया)
उत्कृष्ट चरित्र अभिनेत्रीः सूर्यमाला खनाल (सुन्तली)
उत्कृष्ट चरित्र अभिनेताः सविन बाँस्तोला (सुनपानी)
उत्कृष्ट बाल कलाकारः संगम बिष्ट (लभ यू बाबा)
उत्कृष्ट हाँस्य कलाकारः सुवास थापा (विर्खेलाई चिन्छस्)
उत्कृष्ट पाश्र्व गायकः यूवराज चौलागाई (नोभेम्बर रेन)
उत्कृष्ट पाश्र्व गायिकाः रजिना रिमाल (नाई नभन्नु ल ३)
उत्कृष्ट एरेन्जरः अल्मोदा उप्रेती
उत्कृष्ट संगीतकारः अर्जुन पोख्रेल (स्टूपिड मन)
उत्कृष्ट शब्दः डाक्टर कृष्णहरी बराल (कोहिनुर)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (हवल्दार सुन्तली)
उत्कृष्ट ब्याकग्राउण्ड म्यूजिकः मनोज कुमार केसी (माला)
उत्कृष्ट एक्सनः रोशन श्रेष्ठ (वान वे)
उत्कृष्ट कला निर्देशकः अन्जान गजुरेल र पासाङ टी शेर्पा (कोहिनुर)
उत्कृष्ट साउण्ड मिक्सिङः उत्तम न्यौपाने (जेरी)
उत्कृष्ट ड्रेसः निरा राणा (सेतो वाघ)
उत्कृष्ट मेकअपः दिपु पौडेल (माला)
उत्कृष्ट संवादः खगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट पटकथाः पासाङ लामा (झिग्राना)
उत्कृष्ट कथाः सविन बाँस्तोला (सुनपानी)
जुरी अवार्डः कबड्डी
Most Visited News (monthly)