Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15997 - 16002 of 24018
फिल्मीखबर, मुम्बई, 2015-07-27, सोमवार

सन् २००७ मा मुम्बई हमलाको दोषी ठह¥याउँदै भारतीय अदालतले फाँसी दिएका याकूब मेमनको समर्थनमा ट्विट गरेपछि बलिउड अभिनेता सलमान खान नराम्रोसँग फसे । सलमानले याकूबलाई फाँसी दिन नहुने भन्दै उनको बचाउ गरेका थिए । उनले निर्दोषलाई फाँसी दिनु मानवियता नभएको भन्दै ट्विट गरेपछि ट्विटरमा उनी विरुद्ध भारतीयहरु आगो भएका थिए । शिव सेनादेखि अन्य  विभिन्न दलले उनी विरुद्ध अभियान नै सुरु गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2015-07-26, आईतवार

नेपाली कलाकारहरूको अमेरिका मोह दिनप्रतिदिन बढ्दो छ । नेपाली फिल्म क्षेत्रमा सुनौलो भविष्य नदेखेपछि अमेरिकाको सुनौलो भविष्यले उनिहरूलाई आकर्षित गरिरहेको छ । 

फिल्मीखबर, काठमाडौं, 2015-07-26, आईतवार

अभिनेता निखिल उप्रेती ५ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्कदा यहाँको माहोल नै फेरिसकेको थियो । जसकाकारण पनि उनलाई यहाँको माहोल र कलाकारको काम गर्ने शैली वुझ्न गाह्रो भैरहेको छ । मिडियामा फिल्म ‘भैरव’की अभिनेत्री अनु शाहलाई स्थान नदिएको भन्ने समाचार आइरहँदा निखिललाई यो कुराले अचम्भित बनाएको छ ।

एजेन्सी, मुम्बई, 2015-07-26, आईतवार

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म बजरंगी भाइजानले भारतीय बक्स अफिसमा २ सय करोडको आँकडा पार गरेको छ । यो सँगै सलमान अभिनित दुई फिल्मले २ सय करोडको आँकडा पार गरेका हुन् । यसअघि किक फिल्मले २ सय ३२ करोड कमाएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-07-26, आईतवार

चर्चित अभिनेता दिलिप रायमाझी ग्रिन कार्ड पाएर अमेरिका हानिदा नेपाली फिल्मले थप एक सक्षम अभिनेता गुमाएको छ । निर्माताले लाखौ रुपैयाँ अभिनेता र अभिनेत्रीकै अनुहारमाथि लगानी गर्ने हुन् । तर, अहिले नेपाली फिल्ममा न त अभिनेता न त अभिनेत्री, कसैको पनि टाउको चल्दैन । यसैले पनि नेपाली फिल्म अझै संक्रमणको अवस्थाबाट पार हुन सकेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2015-07-25, शनिवार

चलचित्र विकास बोर्डले फिल्म निर्माता तथा निर्देशकका लागि तोकेको नयाँ मापदण्ड औपचारिक रुपमा सार्वजनिक गरेको छ । बोर्डले शनिबार  पत्रकार सम्मेलन गर्दै ‘चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि, २०७२’ मापदण्डमा केही संशोधन सहित सार्वजनिक गरेको हो । फिल्मकर्मीहरुको सुझाव आएपछि मापदण्ड संशोधन सहित आएको हो ।

Results : 15997 - 16002 of 24018