Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोबर्टकी भईन् रिमा (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2015/09/27

अन्ततः धेरै प्रशंसको मन तोड्दै रिमाले रोबर्टसँग लगनगाँठो कसेकी छिन् । आइतबार बिहान हिन्दू विवाह विधि अनुसार रोबर्टले रिमालाई सिन्दूर हाल्दै सदाका लागि आफ्नो बनाए ।
केही दिन अघिको फिल्मीखबरसँगको कुराकानीमा दुवैले एक अर्काको पेशा भन्दा पनि मन हेरेर विवाह गर्ने निर्णय गरेको बताएका थिए ।


धरान स्थायी घर भएका रोबर्ट हाल बेलायतमा बसोबास गर्दै आएका छन् भने रिमाले आधा दर्जन नेपाली फिल्म र सयौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । रिमा अभिनित ‘भाले फाइट’ गत शुक्रबार मात्र रिलिज भएको छ ।रिमा र रोबर्टको वैवाहिक कार्यक्रम बौद्ध टुसाल स्थित होटल हायातमा सम्पन्न भएको थियो ।

 

 

वैवाहिक कार्यक्रममा रिमाका अभिन्न साथी मानिने, नन्दिता केसी केकी अधिकारी र बेनिशा हमाल उपस्थित थिए । रिमाले फिल्मक्षेत्र तथा आफन्तका लागि हायातमानै बेलुकी रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् ।डेढवर्ष अघि फेसबुकमा भएको चिनजान मायामा परिणत हुँदै विवाह सम्म पुगेको हो । रिमाका भाइ प्रभातले रिमाको कन्यादान दिएका थिए ।

 

 

Most Visited News (monthly)