Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

आयो ‘बाग्मति’ टिजर । होला त हमालको कमब्याक ?

फिल्मीखबर, काठमाडौं, 2015/09/26
अहिले सम्मकै सर्वाधिक महंगो नेपाली फिल्म 'बागमती'को  ट्रिजर सार्वजनिक गरिएको छ  । ४३ सेकेन्डको सार्वजनिक ट्रिजरमा महानायक राजेश हमाललाई प्रस्तुत गरिएको छ ।दक्षिण भारतीय निर्माण टीमले फिल्मको प्रमोसनको लागि सार्वजनिक ट्रिजरमा हेर्दा  महानायक राजेश हमालको फेरी नेपाली चलचित्रमा पुन कमव्यक हुने देखिन्छ ।
 
धेरै नेपाली चलचित्र दक्षिण भारतीय जस्तो बनाउने कोसिस गरे पनि यसपाली  दक्षिण भारतीय निर्माण टीमले नै सजिकै तेस्तो फिल्म निर्माण गरेको छ  ।चलचित्रको सार्वजनिक  ट्रिजर हेर्दा चलचित्रको छायांकन ,डायलग,एक्शन ,प्रस्तुति बिल्कुलै फरक देखिएको छ  ।
 

फिल्मलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन ।सम्पुर्ण प्राविधिक काम भारतमै गरिएको यस चलचित्र माघ महिनामा सार्वजनिक गरिने छ   ।दशैं लगतै चलचित्र अमेरिका र युरोपको विभिन्न देशमा प्रदर्शन गरिदै छ  । फिल्ममा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे,मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ ।चलचित्र ‘बागमती’लाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।चलचित्रका निर्माता दिनेश दर्शनधारी र विजय सत्याल हुन् ।

 

Most Visited News (monthly)