Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

टेम्पुमा 'डेस्टिनेशन काठमाडौं'

फिल्मीखबर, काठमाडौं, 2015/09/26

१५ असोजबाट रिलिज हुन लागेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’का निर्देशक, निर्माता तथा कलाकारले शनिबार बिभिन्न रुटमा चल्ने टेम्पु तथा माइक्रोबसमा डेस्टिनेशन काठमाडौंको स्टिकर टास्नुका साथै ‘डेस्टिनेशन काठमाडौं’ लेखिएको टि–सर्ट वितरण गरेका छन् ।


आम दर्शकमाझ आफ्नो फिल्मबारे जानकारी दिनका लागि सडकमा उत्रिएको निर्माता शरद अधिकारीले बताए । ‘सबै दर्शकले फिल्म रिलिज हुन लागेको थाह पाउन र हेर्न आउन भनेर यसो गरिएको हो,’ टेम्पुमा स्टिकर टास्दै गर्दा उनले भने, ‘सबै नेपालीले हेर्नुपर्ने फिल्म बनाएका छौं । त्यसैले प्रत्यक्ष रुपमै दर्शकमाझ पुगेका हौं ।’


स्व. दीपक रायमाझी निर्देशित फिल्मको कार्यकारी निर्देशक मधुसुदन भट्टराई हुन् । स्टिकर टास्ने काममा निर्माता शरद, कार्यकारी निर्देशक मधुसुदनका साथै रबि गिरी, रामचन्द्र अधिकारी, बिकास चापागाई लगायतका अभिनेता उपस्थित थिए । फिल्ममा दीलिप रायमाझी, झरना थापा, अष्टे«लियन अभिनेत्री साहरा मावबेलगायतले अभिनय गरेका छन् ।

Most Visited News (monthly)