भोलि शुक्रबार रिमा लण्डन निवासी रोबर्ट ल्षगुनसँग विवाह बन्धनमा बाँधिदैछन् । लभ कम एरेन्ज विवाह गर्न लागेको यो जोडी शुक्रबार नेपाली फिल्म ‘भालेफाइट’ हेर्नसँगै देखियो । ‘भाले फाइट’ रिमाको पछिल्ले फिल्म हो जुन शुक्रबारबाट नै प्रदर्शन आएको हो । रिमाले रोबर्टलाई फिल्म हेर्नसँगै ल्याएकी थिइन् ।
बाबु बोगटी र सन्दिप क्षेत्रीको समेत अभिनय रहेको फिल्ममा रिमाले आत्मविश्वासी महिलाको भूमिका निभाएकी छिन् । तर फिल्मको प्रेस शोमा फिल्म भन्दा पनि रिमा र रोबर्ट हिट रहे । सन्चारकर्मीले फिल्म छाडेर रिमा र रोबर्टको भेट र विवाहसम्मका घटनाको नालीबेली लिए । सो क्रममा रिमाले फेसबुकको भेट बिस्तारै प्रेममा परिणत भएको र दुर्व तर्फका परिवारको सहमतिमा विवाह हुन लागेको जानकारी गराईन् ।
रोबर्टले रिमाको कलाकार परिचय भन्दा व्यक्तित्वले प्रभावित गरेकाले विवाह गर्न लागेको जानकारी गराए । उही रिमाले पनि रोबर्ट आफूले खोजेजस्तै राजकुमार रहेको बताइन् ।
रिमाले विवाह पछि पनि अहिलेझैं फिल्म र मोडलिङलाई निरन्तरता दिने बताइन् । राबेर्टले पनि दुवैले एक अर्काको काममा हस्तक्षेप नगर्ने समझदारी रहेको बताए । रोबर्ट टेलिकम कम्पनीका जागिरे हुन् । रिमा यसपछि ‘बाटो मुनिको फूल’को दोस्रो भागमा देखिनेछिन् ।

