Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आए ‘गोरे’का गीत

फिल्मीखबर, काठमाडौं, 2015/09/28

चलचित्र ‘गोरे’का एल्बम सार्वजनिक गरिएको छ । राजधानिको महाराजगन्जमा आयोजित एक अनौपचारिक कार्यक्रमा फिल्मको एल्बम सार्वजनिक गरिएको हो । लेखक निर्देशक ओम प्रतिक गुरुङ र पत्रकार सानु काजी महर्जनका साथमा संगीतकार, गीतकार र गायक गायिकाले संयुक्त रुपमा अडियो बिमोचन गरेका थिए ।


 
कार्यक्रममा संगीतकार बिकाश चौधरी र गीतकार शंकर अधिकारी घायलले गीतका बारेमा जानकारी गराएका थिए ।सुर्य जिसिको प्रस्तुति चलचित्र गोरेलाई रुपा जिसिले निर्माण गरेकी हुन् । चलचित्रमा दिलिप रायमाझी , अनु शाह , राकेश कुमार राइ , अभिषेक गिरी , बिमला गिरी , सुरबिर पण्डित , माधव पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।

 

साथै बिशेष भुमिकामा खुस्वु खड्काको पनि अभिनय रहेको छ । चलचित्रलाइ हरिनारायण चौधरीले खिचेका हुन् भने द्धन्द निर्देशन प्रदिप खड्काले गरेका छन् । चलचित्रका गीतमा कोरियोग्राफि रबि कार्की र राम बुढाथोकिले गरेका छन् ।चलचित्रका गीतमा नित्या शिवा , ऐनि श्रेष्ठ ,जुना प्रसाई ,  रन्जित कुमार सहनी , डेबिड शंकर र बिकाश चौधरीको आवाज सुन्न सकिने छ । चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।

Most Visited News (monthly)