कलाकारलाई दुबईमा २४ घन्टा भन्दा बढी समय अलपत्र पारेर बदनाम भएको नेफ्टा आयोजकले थप विवाद खेपेको छ । जुरीले पहिले दिएको निर्णय विपरित अवार्ड बाँडिएको भन्दै एक सदस्यले फेसबुकमा स्ट्याटस लेख्दै असन्तुष्टि पोखेका छन् ।
जुरी सदस्य बिरेन्द्र हमालले फेसबुकमा स्ट्याटस लेख्दै आयोजकको निर्णयले कलाकारको घोर अपमान गरेको पनि बताएका छन् । हमालले लेखेका छन्, ‘ म पनि यस अवार्डको जुरी मेम्बर भएकाले केही विधामा आपत्ति । यस्तो गर्न नहुने । नेपाली फिल्म एक्टरको घोर अपमान हो । र कदर नभएको ठहर भयो ।’
.jpg)
उनले आयोजकले मनपरि अवार्ड वितरण गरेकोमा आपत्ति जनाएपनि कुन कुन विधामा जुरीको निर्णय विपरित निर्णय भएको हो खुलाएका छैनन् । तर उनको कुराले यही स्पष्ट हुन्छ अवार्ड फेयर भएन ।मनोनयनका बेलादेखि नै नेफ्टाको निर्णय बचकाना रहेको भन्दै आलोचना हुँदै आएको थियो ।
जुरीले दुई दुई फिल्म निर्देशन गरेर रिलिज गरिसकेका रामबाबु गुरुङलाई डेब्यु निर्देशकमा मनोनयनमा राखेको थियो सोही संख्यामा फिल्म खेलेका हसन खानलाई पनि डेब्यु अभिनेतामा राखेको थियो । त्यसबाहेक त्यस्ता धेरै मनोनयन थिए जसमा जुरीहरुको व्यक्तिगत प्रभाव प्रत्यक्ष देखिन्थ्यो ।

