Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माओवादीद्धारा भारतीय मनोरञ्जनमा रोक लगाउने घोषणा

फिल्मीखबर, काठमाडौं, 2015/09/27

नेकपा माओवादी संयोजक नेत्रविक्रम चन्द विप्लवको नेतृत्वले नेपालभित्र भारतीय फिल्म, च्यानल तथा विज्ञापनमा रोक लगाउने बताएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सोमबारबाट लागू हुने गरी नेपालमा भारतीय फिल्म, च्यानल तथा विज्ञापन रोक्ने घोषणा गरेका हुन् । उनीहरुले भारतीय नम्बरप्लेटका गाडीसमेत चल्न नदिने उद्घोष गरेका छन् ।


‘सोमबारबाट नेपालमा भारतीय फिल्म, च्यानल तथा विज्ञापन बन्द गर्ने निर्णय गरेका छौं । त्यस्तै भारतीय नम्बर प्लेटका गाडीहरु पनि नेपालभित्र चल्न रोक लगाइने छ,’ प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भने । उनले भारतीय फिल्म तथा टेलिसिरियलको साटो नेपाली फिल्म तथा विज्ञापनहरुलाई प्राथमिकतामा राख्न पनि सबैमा आग्रह गरेको छ ।

 

नेकपा माओवादीको नेतृत्वले नेपालभित्रका हलमा चलिरहेका हिन्दी फिल्म उतारेर नेपाली फिल्म लगाउन आग्रह गरेको छ । ‘भोलिबाट कार्यान्वयन गर्ने नीति भएकाले हल र विज्ञापन एजेन्सीहरुले साथ दिन आग्रह गर्दछौं,’ उनले भने ।

Most Visited News (monthly)