यसअघि सगरमाथा आरोहण गरेकी निशाले अब तान्जानियाको हिमाल चढ्ने भएकी छिन् । उनले तान्जानियाको किलिमन्जारो हिमाल चढ्न लागेकी हुन् । केही समय पहिले फेसबुक मार्फत् हिमाल चढ्ने खबर सार्वजनिक गरेपनि आइतबार मात्र यसको घोषणा गरेकी हुन् । कालकार संघको एक कार्यक्रममा उपस्थित हुँदै निशाले आफ्नो किलिमान्जारो अभियानबारे जानकारी गराइन् ।
उनी किलिमान्जारो चढ्न मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछिन् । तान्जानियास्थित ५८९५ मिटर अग्लो उक्त हिमाल चढ्न लागेकी निशाको टिममा १६ सदस्य छन् । ‘बालबालिकाहरुको सहयोगार्थ आरोहण गर्न लागेकी हुँ । आरोहणबाट फर्किएपछि अमेरिका भ्रमणका क्रममा संकलन गरेको दुई हजार डलर बाँड्नेछु,’ निशाले भनिन् ।
उनी असोज २८ मा फर्कनेछिन् ।यसअघि सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेकी अभिनेत्री अधिकारीलाई कार्यक्रममा नेपाल कलाकार संघका नवल खड्का र कृष्ण मल्लले कलाकार संघको झण्डासहित बिदा गरेका थिए ।

