भारतीय टेलिभिजनका पर्दामा नम्बर वन बन्न सफल कपिल शर्मा ठूलो पर्दामा पनि नम्बर वन बन्ने बाटोमा छन् । ‘कमेडी नाइट विथ कपिल’ लाई भारतको नम्बर वन शो बनाउन सफल सफल कपिलको डेब्य फिल्म ‘किस किसको प्यार करुँ’ले पहिलो दिनमा १० करोड कमाई गर्दै डेब्यु अभिनेतामा कपिललाई नम्बर वन बनाएको हो ।
यसअघि कुनै पनि अभिनेताका फिल्मले पहिलो दिन यत्तिको कमाई नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।व्यापार विश्लेषक तरण आदर्शले फिल्मले दुई दिनमा १९ करोडको व्यापार गरेको ट्वीटरमा जानकारी गराएका छन् । उनले आइतबार सम्ममा फिल्मले ३० करोडको आँकडा सजिलै छुने अनुमान गरेका छन् ।
विकेण्डमा कुनै पनि डेब्यु अभिनेताको यत्तिको कमाई सर्वाधिक हो ।अब्बास मस्तानको निर्देशन रहेको फिल्मले टेलिभिजन शो जत्ति नहँसाएपनि निराश नपारेको दर्शक प्रतिक्रिया छ । समिक्षकले भने फिल्मलाई औसतमा ५ मा दुई रेटिङ दिएका थिए ।

