
अभिनेत्री ऋचा शर्मा गतबर्ष पनि राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा उपस्थित थिइन् । तर गतवर्ष उनको अनुहार मलिन थियो । उनको अनुहारमा आजको जस्तो खुशी थिएन, जतिबेला अवार्ड सम्पन्न भयो ।

कुनै समय बर्षमा १५ वटासम्म फिल्म खेल्ने अभिनेता राजेश हमाल अहिले भने चुपचाप छन् । विदेश भ्रमण र सार्वजनिक कार्यक्रममा नै बिताइरहेका हमालको हातमा अहिले फिल्म छैनन् । बिहे गरेपछि पत्नी मधु भट्टराइलाई लिएर अमेरिकादेखि विश्वका विभिन्न देश पुगिरहेका हमालले फिल्मको सेटमा पुगेर मेकअप नगरेको पनि लामो समय भैसकेको छ ।

आफ्ना प्रेमी रणवीर कपुरको फिल्म एकपछि अर्को गर्दै असफल भएपछि प्रेमिका कट्रिना कैफ पनि चिन्तित देखिएकी छिन् । कट्रिनाले हालै मात्र एक कार्यक्रममा रणवीरसँग इन्गेजमेन्ट गरेको खबरलाई नकारेकी थिइन् । तर, पनि उनी आफ्ना प्रेमीको बिषयमा भने खुबै चिन्तित हुन थालेकी छिन् ।

नेपालमा २०७१ फागुन १५ गते रिलिज भएको आलोक नेम्बांग निर्देशित अन्तिम चलचित्र 'अझै पनि'ले अमेरिकाबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्ने भएको छ । अगस्ट १५ मा अमेरिकाको ओमाहा, नेब्रास्कामा चलचित्र प्रदर्शन हुने टुंगो लागेको छ । ओमाहा, नेब्रास्कामा हुने प्रदर्शनको जिम्मेवारी एनएनएस सोसाइटीले लिएको छ । यो चलचित्रलाई अमेरिकाभर प्रदर्शनको लागि राज आचार्यले जिम्मा लिएका छन् ।

फलानो अभिनेता अमेरिका उड्दै, फलानो कलाकार अमेरिका पुगे...। नेपाली मिडियादेखि फिल्म क्षेत्र समेत लामो समयदेखि अमेरिका तरंगित छ । अमेरिका पुग्ने वित्तिकै अर्कै ग्रहमा पुगेको आभाष गर्ने कलाकारको पनि यहाँ कमी छैन । अमेरिका पुगेर फिल्म नगरीलाई चटक्कै विर्सने कलाकारले जन्मदिन मनाएकादेखि समुन्द्रमा घुमेका तस्बिरले समेत चर्चा पाउँछ नेपालमा ।

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले संभवत पहिलो पटक कुनै फिल्ममा यती लामो समयसम्म काम गरेका होलान् । फिल्म लक्ष्यको छायांकन सुरु भएको लामो समयसम्म पनि नसकिदा उनीहरुलाई हैरानी भएको छ । भूकम्प जानु भन्दा अगाडि सुरु भएको छायांकन विचमा रोकिएर फेरि सुरु भएको थियो । तर, अझै पनि यो फिल्मको छायांकन सकिएको छैन ।

