मोडल क्वेस्ट इन्टरनेशलन नेपाल २०१५को युवा तथा युवती विजेतालार्ई बलिउड अभिनेत्री हेजल किचले अवार्ड प्रदान गरेकी छिन् । शनिबार सम्पन्न कार्यक्रममा युवा तर्फ बिक्रम कुमार पाण्डे विजयी भए भने निरिशा बस्नेतले सो उपाधि जितिन् । मोडल क्वेस्ट इन्टरनेशनल बन्न सफल बिक्रम र निरिशाले ५० हजार रुपैयाँ र विभिन्न उपहार हासिल गरे ।
यी दुईले एउटा म्युजिक भिडियोमा जोडी बनेर मोडलिङ गर्ने अबसर पनि हासिल गरेका छन् । कार्यक्रममा हेजेलसँगै प्रतियोगीहरुले क्याटवाक गर्ने अबसर पाए । युहाना इन्टर नेशलन इभेन्ट्सद्धारा आयोजित सो प्रतियोगितामा युवा तर्फ २८ जना प्रतिस्पर्धी र युवती तर्फ २२ जना प्रतियोगीहरु थिए । युवा तर्फ फस्ट रनर अपको उपाधि सिमरदीप सिंह गेलले र युवती तर्फ फस्ट रनरअपको उपाधि अलिना कार्कीले हासिल गरे । उनीहरु दुबैले विभिन्न उपाधिसँगै विभिन्न उपहार प्राप्त गरे । यस्तै युवा तर्फ सेकेन्ड रनर अपको उपाधि पृथ्बी श्रेष्ठले र युवती तर्फको उपाधि अमृता ताम्राकार ले हाँसिल गरे ।
गायिका निशा देशारले सो कार्यक्रममा चलचित्र ‘राहदानी’को साउनको ठूलो झरी....र गजल ‘साउनको भेल जस्तो मेरो जोवन’गीत प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएकी थिईन् ।
मोडल क्वेस्ट इन्टरनेशलको निर्णायकमा बलिउड फेशन डिजाईर बिशाल कपुर, मोडल अनुप सक्सेना, ग्लामर फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री अनिता आचार्य, फेसन डिजाईनर स्वेता सिरोहिया रोक्का र व्यबसायी अम्बर श्रेष्ठ थिए ।

