आफ्नै जीवनी माथि बन्ने फिल्मलाई संजय दत्त आफैंले पनि लगानी गर्ने भएका छन् । विधु विनोद चोपडा र राजकुमार हिरानीसँगै संजय दत्त पनि फिल्मको निर्माताको रुपमा अगाडि आउनेछन् ।संजय दत्तको जीवनीमा थि विधुविनोद चोपडाले फिल्म बनाउन लागेको खबर पहिले नै बाहिर आईसकेको थियो ।
फिल्ममा संजय दत्तको भूमिका रणवीर कपुरले निभाउने कुरा पनि लगभग तय भइसकेको छ । यही मेसोमा फिल्ममा संजय दत्तको पनि संलग्नताको खबर बाहिर आएको हो । हाल फिल्मको पटकथा लेखन कार्य अन्तिम चरणमा रहेको स्रोतले बतायो ।
हाल जेलमा रहेका संजय दत्त जेलबाट निस्किने बित्तिकै प्रोडक्सन हाउस सन्चालन गर्ने सोचमा छन् त्यसका लागि संजय पत्नी मान्यता दत्तले प्रभु देवालाई फिल्म निर्देशनका लागि साइन गरिसकेको खबर छ ।दत्त हाल मुम्बई धमाकामा भएको संलग्नतामा दोषी प्रमाणित भएपछि चार वर्षे जेल सजाय काटिरहेका छन् ।

