Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

४ हिरो नचाउँदै केकी

फिल्मीखबर, काठमाडौं, 2015/09/29

अभिनेत्री केकी अधिकारीलाई अहिले ४ अभिनेतालाई आइ लभ यू भन्ने नै फुर्सद छैन । केकी नयाँ तथा पुरानो स्टाइलमा ४ अभिनेतासँग प्रेम गीत गाउँदैछिन् ।चेतन सापकोटाको प्रस्तुतीमा तयार भैरहेको फिल्म ‘भाग् सानी भाग्’मा केकीको  यस्तो शैली देखिएको छ ।

 

उनलाई अभिनेताहरु सरोज खनाल, रमेश उप्रेती, जीवन लुइटेल, सविन श्रेष्ठले साथ दिएका छन् । फिल्ममा सविन बाहेक अरु सबै अभिनेता अतिथी कलाकारको रुपमा देखिएका छन् ।
नवल नेपालले निर्देशन गरेको यो फिल्मको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर छ ।

 

चेतनका अनुसार अभिनेत्री बन्ने सपना बोकेकी एक यूवतीले यी चर्चित अभिनेतासँग काम गर्ने इच्छा राखेकी हुन्छिन् । यही समयमा उनले यी अभिनेतासँग नृत्य गरेको देखाइएको छ । गीतमा सबै अभिनेताको आफ्नै स्टाइललाई देखाइएको छ ।माघमा प्रदर्शनमा ल्याउने गरि काम भैरहेको चेतनको भनाई छ । फिल्मको मुख्य भूमिकामा केकी र सविन देखिनेछन् ।

Most Visited News (monthly)