Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15985 - 15990 of 24018
सुमन गैरे, क्यालिफोर्निया, 2015-07-30, बिहिवार

अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा हुन गईरहेको 'ग्लोबल फिल्म फेस्टिभल'मा सहभागी हुन अभिनेत्री केकी अधिकारी आज बुधवार नेपालबाट सानफ्रान्सिस्को आईपुगेकी छिन् । उनको साथमा फिल्मकर्मी सुरेश दर्पण पोखरेल पनि आईपुगेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-29, बुधवार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)ले असोजमा अवार्ड गर्ने जनाएको छ । यसअघि जर्मनी र नेदरल्याडमा अन्तराष्ट्रिय नेपाली सिनेमा अवार्ड (इनास)शीर्षकमा दुई संस्करणको अवार्ड सम्पन्न गरिसकेको अनेकसले तेस्रो संस्करण काठमाडौैमा गर्ने भएको छ । बुधबार सुन्धारास्थित काठमाडौं मलमा औपचारिक कार्यक्रम गर्दै अवार्ड वितरण गर्ने मिति घोषणा गरेको हो ।

एजेन्सी, मुम्बई, 2015-07-29, बुधवार

‘बजरंगी भाईजान’ बलिउडमा नयाँ स्टार जन्माएको छ । ति स्टार अरु कोही नभएर फिल्म भित्र मुन्नीको अभिनय गर्ने हर्षाली मल्होत्रा हुन् । बोल्न नसक्ने बच्चीको रुपमा अभिनय गरेकी हर्षालीले फिल्म भित्र रहेका स्टार कलाकारहरु सलमान खान, नवाजुद्धिन सिद्धिकी र करिना कपुरलाई पनि अभिनयमा पछि पार्दै वाहवाही बटुलिरहेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-29, बुधवार

अभिनेता भन्ने वित्तिकै धेरैको आँखामा ह्यान्डसम लुक, सिक्स प्याक शरीर र चकलेटी अनुहारको चित्र नाच्छ । त्यसैगरी  अभिनेत्रीको हकमा पनि त्यस्तै कुरा लागू हुन्छ ।  मिलेको अनुहार, ठूला आँखा, सेक्सी फिगर ।

फिल्मीखबर, काठमाडौं, 2015-07-29, बुधवार

अमेरिका विश्वका विभिन्न देशका कलाकारको उपस्थितीमा हुन लागेको ग्लोब फेस्टिबलमा सहभागी हुन नेपाली फिल्म क्षेत्रकी अभिनेत्री केकी अधिकारी त्यहाँ पुगेकी छिन् । निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेल र गायिका सुनिता दुलालको साथमा केकी अमेरिका पुगेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-07-28, मंगलवार

फिल्म ‘कबड्डी’ राष्ट्रिय पुरस्कारमा उत्कृष्ट फिल्म ठहरिएको छ । मंगलबार राष्ट्रपति निवासमा आयोजित पुरस्कार वितरण समारोहमा ‘कबड्डी’ उत्कृष्ट फिल्म घोषित भएको हो । थकाली समुदायको वैवाहिक परम्परामा आधारित फिल्म लेखनमा पनि उत्कृष्ट ठहरिएको थियो । फिल्मबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखनमा पुरस्कार हात पारे ।

Results : 15985 - 15990 of 24018