Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्लिका आमा नबन्ने

एजेन्सी, मुम्बई, 2015/09/29

बलिउडमा आफ्नो सेक्सी छविका कारण चर्चामा रहने अभिनेत्री मल्लिका सेरावतको भनाई छ कि उनी आमाको भूमिकाका लागि फिट छैनन् । मल्लिकाले आफूलाई आमाको भूमिकाका लागि आमिर खान अभिनित फिल्मबाट अफर आएको बताइन् । आफूले फिल्म ‘दंगल’का लागि अडिशन दिएको मल्लिकाको भनाई छ । तर, निर्माताले आफ्नो कामलाई मन पराएपनि ४ बच्चाको आमाको भूमिकामा नसुहाउने भएकाले काम नगरेको मल्लिकाको भनाई छ ।


४ जना किशोरीको आमाको लागि जस्तो देखिनुपर्ने हो, आफू त्यस्तो नदेखिएको मल्लिकाको भनाई छ । मल्लिकालाई नसुहाएपछि यो भूमिकामा साक्षी तिवारीले काम गर्ने भएकी छिन् । नितेश तिवारीले निर्देशन गरिरहेको यो फिल्ममा आमिर खान पहलमान महाविर सिंहको भूमिकामा देखिदैछन् । फिल्मको हाल धमाधम छायांकन भैरहेको छ ।

Most Visited News (monthly)