कार्तिक ३ अर्थात् फूलपातीलाई प्रदर्शन मिति कायम गरेको चलचित्र लेखक शिबम अधिकारी निर्देशित चलचित्र ‘सुश्री’ मा पहिलो पटक संगीतकार बसन्त सापकोटाले गीत गाएका छन् ।
संगीतमा लामो समय व्यतित गरेका संगीतकार सापकोटाले जीवनमै पहिलो पटक चलचित्रका गीत गाएका हुन् ।
उनले आफ्नै शब्द तथा संगीतमा ‘टेम्पोररी माया...’ बोलको गीत गाएका हुन् । उनलाई गायिका एन्जिला रेग्मीले साथ दिएकी छिन् । संगीतकार सापकोटाले पहिलो पटक गीत गाउदा खुसि लागेको बताए ।अभिनेता आर्यन सिग्देल स्टारर फिल्म ‘सुश्री’ को हालै सार्बजनिक ट्रेलरलाई रुचाइएको छ । ट्रेलरमा मुख्य पात्र आर्यन र डेब्यु हिरोइन आशिका तामाङलाई उच्च प्राथमिकतामा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई बलिउड अभिनेता सलमान खानको उपमा दिदै ‘सल्लु’ भनिएको छ । बिबाह पूर्ण रुपमा स्वतन्त्र हुनुपर्छ भन्ने सिद्दान्त बोकेको चलचित्रको सार्बजनिक ट्रेलरमा नायिका आशिकाले आर्यनलाई बिहेको जग्गे बाट नै भगाएकी छिन् ।
यस चलचित्रमा आर्यन र आशिका सहित सुरबिना कार्की,राजाराम पौडेल बिकास चापागाई र मिश्री थापा लगायतका कलाकारको अभिनय रहेको छ । आशिका फिल्म्सको ब्यानरमा आत्माराम थापाले चलचित्र निर्माण गरेका हुन् ।

