Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कवि बने जीवन

फिल्मीखबर, काठमाडौं, 2015/09/28

फिल्मका कार्यक्रममा आक् झुक्कल कविता सुनाएर कवि नायकको परिचय बनाएका जीवन लुईंटेलले पहिलो कविता संग्रह बजारमा ल्याएका छन् । उनीद्धारा रचित कविताहरुका संग्रह े ‘नायक’ सोमबार नक्साल स्थित नक्साल बेंक्वेटमा सार्वजनिक गरियो । कवि वैरागी काईंला, कृष्णहरि बराल, राजेश हमाल, करिष्मा मानन्धर, सुवास ढकाल आदिले कृति लोकार्पण गरे ।

 


लोकार्पण कार्यक्रममा बोल्दै कृष्ण हरि बरालले जीवनका कवितामा कविताको व्याकरण दुरुस्त रहेको टिप्पणी गरे । ‘कविताकालागि उपमा अलंकार, विम्ब आदिको संयोज हुनुपर्छ । जीवनका कवितामा ति सबै कुराको सुन्दर प्रयोग देख्न सकिन्छ,’ बरालले भने । करिष्मा मानन्धरले भने फिल्म जस्तै कविताको यात्रा पनि सफल हुने कामना गरिन् । सोही कार्यक्रममा बोल्दै अभिनेताले भने जीवनले कविता संग्रह निकालेर आफू भित्रको अर्को पाटोलाई उजागर गरेको बताए ।

 


‘कवि हुनकालागि आफू वरिपरिको वातावरणलाई अनभूत गर्ने र त्यसलाई शब्दमा अभिव्यक्त गर्ने सामथ्र्य रहनु पर्छ । जीवनजीका कवितामा ति सबै गुण विद्यमान पाएँ । उहाँको कविता यात्रा अरुका लागि पनि प्रेरणादायी बनोस्,’ हमालले भने ।विद्यार्थी जीवनदेखिनै कविता लेख्दै आएका जीवनले लामो समयदेखिका कवितालाई संग्रहको रुपमा प्रकाशन गरेको बताए । उनले भने,‘मैंले लेखेका सबै कविता कविता हुन् कि हैनन् थाहा छैन तर सबै कविता मेरो कवि मनका उपज हुन् । खुट्याउने जिम्मा पाठकको’ जीवनले भने ।
दुई दर्जन कविता संग्रहित पुस्तकलाई पैरवी बुक हाउसले बजारमा ल्याएको हो ।

Most Visited News (monthly)